लन्डन । नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन बेलायतमा गठन गर्न लागिएको उच्चस्तरीय मुल समिति गठन प्रक्रिया स्थगित गरिएको छ ।
पर्यटनमन्त्री रविन्द्र अधिकारीले बेलायत भ्रमणका लागि पाएको भिषा रद्द भएपछि उच्चस्तरीय मुल समिति गठन प्रक्रिया अवरुद्ध भएको हो ।
बेलायतस्थित नेपाली राजदूत डा. दुर्गावहादुर सुवेदीको अध्यक्षता र सदस्य सचिवमा शरदराज आरण रहने गरि यूकेमा रहेका नेपाली संघ सँस्थालाई समावेश गरि समिति गठन गर्न लागिएको दूताबासका डेपुटी चिप अफ मिसन शरदराज आरणले बताए ।
सोमबारबाट यहाँ सुरु भएको वोर्ल्ड ट्राभल मार्ट (डव्लुटिएम) कार्यक्रममा सहभागी हुन मन्त्री अधिकारी बेलायत आउने पुर्वनिर्धारित कार्यक्रम थियो । सो भ्रमणका अवसरमा उच्चस्तरीय मुल समिति गठन गर्न लन्डनस्थित दूताबासले सम्पूर्ण तयारी गरेको दूतावासका डिसिएम आरणले बताए ।
एक्सेल एक्जिविशन सेन्टरमा ५ देखि ७ नोभेम्बरमा सुरु भएको वोर्ल्ड ट्राभल मार्टमा करीव एक सय ८२ देशका ५० हजारको सहभागिता हुने अनुमान छ ।
बेलायतस्थित नेपाली दूतावासले सोमबार एक सूचना प्रकाशित गरि आगामी १० नोभेम्बरमा दूतावासमा तय गरिएको कार्यक्रम स्थगित समेत गरेको छ । स्रोतका अनुसार आगामी जनवरीमा पयर्टन मन्त्रीको भ्रमण गराई उच्चस्तरीय समिति गठन गरिनेछ ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय