लन्डन । नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन बेलायतमा गठन गर्न लागिएको उच्चस्तरीय मुल समिति गठन प्रक्रिया स्थगित गरिएको छ ।
पर्यटनमन्त्री रविन्द्र अधिकारीले बेलायत भ्रमणका लागि पाएको भिषा रद्द भएपछि उच्चस्तरीय मुल समिति गठन प्रक्रिया अवरुद्ध भएको हो ।
बेलायतस्थित नेपाली राजदूत डा. दुर्गावहादुर सुवेदीको अध्यक्षता र सदस्य सचिवमा शरदराज आरण रहने गरि यूकेमा रहेका नेपाली संघ सँस्थालाई समावेश गरि समिति गठन गर्न लागिएको दूताबासका डेपुटी चिप अफ मिसन शरदराज आरणले बताए ।
सोमबारबाट यहाँ सुरु भएको वोर्ल्ड ट्राभल मार्ट (डव्लुटिएम) कार्यक्रममा सहभागी हुन मन्त्री अधिकारी बेलायत आउने पुर्वनिर्धारित कार्यक्रम थियो । सो भ्रमणका अवसरमा उच्चस्तरीय मुल समिति गठन गर्न लन्डनस्थित दूताबासले सम्पूर्ण तयारी गरेको दूतावासका डिसिएम आरणले बताए ।
एक्सेल एक्जिविशन सेन्टरमा ५ देखि ७ नोभेम्बरमा सुरु भएको वोर्ल्ड ट्राभल मार्टमा करीव एक सय ८२ देशका ५० हजारको सहभागिता हुने अनुमान छ ।
बेलायतस्थित नेपाली दूतावासले सोमबार एक सूचना प्रकाशित गरि आगामी १० नोभेम्बरमा दूतावासमा तय गरिएको कार्यक्रम स्थगित समेत गरेको छ । स्रोतका अनुसार आगामी जनवरीमा पयर्टन मन्त्रीको भ्रमण गराई उच्चस्तरीय समिति गठन गरिनेछ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक