लन्डन । गैरआवासीय नेपाली संघ यूकेले बेलायत भित्र क्षेत्रियस्तरका समिति गठनको निर्णय गरेको छ । शनिवार लन्डनमा बसेको वैठकले यूकेभित्र क्षेत्रियस्तरका समिति प्रस्ताव अर्काे बैठकमा ल्याउन अध्यक्ष योगकुमार फगामीलाई जिम्मा दिइएको हो ।
कुन कुन क्षेत्रलाई समेटेर कति क्षेत्रिय समिति बनाउने भन्ने बारेमा अध्यक्ष फगामीले प्रस्तुत गर्ने प्रतिवेदनमा भर पर्ने उपहासचिव विनय अधिकारीले बताए ।
अध्यक्ष फगामीको एक बर्ष कार्यकालमा वेल्स, नर्दनआयरल्याण्ड र स्कटल्याण्डमा राज्यस्तरीय समिति गठन गरेको थियो । लन्डनमा पनि राज्यस्तरको समिति गठन गर्ने बारेमा भने कार्यसमिति असमत देखियो ।
एनआरएनए यूके अध्यक्ष रहने क्षेत्रमा राज्यस्तरका समिति बनाउदा शक्ति वाडफाडमा अप्ठ्यारो पर्नेमा कार्यसमिति एकमत देखिएको स्रोतले बतायो । बैठकमा एक बर्षमा आफूले गरेका कार्यहरुको प्रतिवेदन उपसमिति संयोजकहरुले प्रस्तुत गरेका थिए ।
उपाध्यक्ष शेर सुनवारले एनआरएनए यूकेमा १० हजार सदस्य संख्या पुर्याउने योजनालाई मुर्तरुप दिन आगामी नोभेम्बरबाट सदस्यता बनाउने अभियान सुरु गर्ने योजनासहितको प्रतिवेदन प्रस्तुत गरे । तत्कालिन अध्यक्ष पदका उम्मेदवार फगामीले आफू विजयी भए १० हजार सदस्य बनाउने घोषणा पत्र सार्वजनिक गरेका थिए ।
उपाध्यक्ष पुनम गुरुङले काउन्सिल वैठकबारेमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । अर्का उपाध्यक्ष प्रेम गहामगरले आफूले गरेका च्यारिटीमा घाटा र नाफा नभई आम्दानी र खर्च बरावर भएको प्रतिवेदन प्रस्तुत गरे । उनले एनआरएनए यूकेको सहकार्यमा आगामी मार्चमा बर्हिङममा हुने ‘भ्वाइस अफ नेपाल’ कार्यक्रमको नाफा हुने गरि काम भैरहेको जानकारी गराए ।
उपहासचिव विनय अधिकारीले डिजिटल एण्ड स्मार्ट एनआरएनए बारेमा प्रतिवेदन प्रस्तुत गरे । बैठकमा विद्यार्थी यूवालाई पनि एनआरएनएमा समेटनु पर्ने प्रतिवेदन जीत रानाभाटले प्रस्तुत गरेका थिए ।
महासचिव राजकुमार त्रिपाठी यूरोप भ्रमणमा रहेकाले वैठक संचालनको जिम्मा उपहासचिव अधिकारीले पाएका थिए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न