तमुधिं युकेमा ‘आदर्श तमु’बाट चार सम्मानित

अल्डरसट । तमुधिं युकेले तमुधिं युकेको विकास र उत्थानमा विशेष योगदान दिएका आजीवन सदस्यहरुलाई आदर्श तमुबाट सम्मान गरेको छ । शनिबार २७ अक्टोबर अल्डरसटस्थित एम्पायर हलमा आयोजित आजीवन सदस्य रात्री भोजमा उनीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा तमुधिं युकेका सल्लाहकार अनेरेरी क्या.रि.राजु गुरुङ, तमुधिं रसमुर सर्रे ईकाईका अध्यक्ष उत्तर बहादुर गुरुङ, तमुधिं युकेका प्रतिनिधि मेजर (रि) लक्ष्मी प्रसाद गुरुङ एमभिओ बिईएम, सल्लाहकार ले.रि. नारायण प्रसाद गुरुङ बिईएमलाई तमुधिं युके अध्यक्ष ज्ञाम गुरुङले उक्त अवार्ड प्रदान गरेका थिए ।

त्यस्तै, यसबर्षको उत्कृष्ट तमु पोशाकधारी षुरुषतर्फ वुद्धि गुरुङ र महिला तर्फ चन्द्र देवि तमु पुरस्कृत भएका थिए । तमुधिं युकेले आजीवन सदस्यहरुबीच परिचय गर्ने, एकअर्कामा भेटघाट गर्ने, संस्थाप्रति चिन्तन गर्ने र संस्थाको बिकासमा अहोरात्र खट्दै आएका आजीवन सदस्यहरु मध्येबाट उत्कृष्ट आजीवन सदस्यलाई ‘आर्दश तमु’ को उपाधीले सम्मान गर्ने उद्देश्यका साथ सन् २०१३ साल देखि प्रत्येक बर्ष आजीवन सदस्य रात्री भोज आयोजना गदै आएको छ ।

यस अघि पूर्व अध्यक्ष मेजर डमर घले एमबिई, संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ, संस्थाका सल्लाहकारहरु लेप्टन चन्द्र गुरुङ, क्याप्टेन तिर्थ गुरुङ, सूर्य गुरुङ, क्याप्टेन चित्र गुरुङ, इन्सपेक्टर खेम गुरुङ, मोहन गुरुङ, एकेन्द्र गुरुङ, जुमकाजी गुरुङ, हरि गोविन्द गुरुङ र दिपक अर्थात् डेविड गुरुङ ‘आदर्श तमु’ बनिसकेका छन् ।

कार्यक्रममा आदर्श तमुहरुको बारेमा सल्लाहकार एकेन्द्र गुरुङ, वरिष्ठ उपाध्यक्ष नन्दजङ्ग गुरुङ, महासचिव कृष्ण प्रसाद गुरुङ र सचिव तुलाराम गुरुङले बोलेका थिए ।

त्यस्तै, कार्यक्रममा तमुधिं युकेका संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ, सहसचिव हित काजी गुरुङ र कोषाध्यक्ष सूर्य गुरुङलाई स्वागत गरिएको थियो । तमुधिं युके संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ र तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले संयुक्त रुपमा दिप प्रज्ज्वलन गरी शुरु गरिएको कार्यक्रममा लाईफ मेम्बर डिनर नाईट सम्बन्धि भिडियो प्रस्तुती, गीत तथा नृत्य प्रस्तुत् गरिएको थियो । यसअघिनै सचिव तुलाराम गुरुङको संयोजकत्व र सहकोषाध्यक्ष कुमार गुरुङको सहसंयोकत्वमामा लाईफ मेम्बर डिनर नाईट आयोजक समिति गठन गरिएको थियो ।

तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव कृष्ण गुरुङले औपचारिक कार्यक्रम संचालन गरेका थिए भने साँस्कृतिक सचिव कृष्ण गुरुङले साँस्कृतिक कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री