ग्लास्गो । गैर आवासीय नेपाली संघ (एनआरएनए) युके राज्य समन्वय परिषद तदर्थ समिति स्कटल्याण्डको पहिलो बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
नवनियुक्त अध्यक्ष मोहन कार्कीको अध्यक्षतामा गत आइतबार स्टर्लिंगस्थित नमस्ते स्टर्लिंग रेष्टुरेन्टमा बैठक बसेको थियो ।
बैठक संस्थालाई पूर्णता दिने विषयमा केन्द्रित थियो ।
बैठकले १८ नोभेम्वर आइतबारका दिन शपथग्रहणको मिति तोकेको छ भने सपथ ग्रहण गराउनका लागी केन्द्रबाट प्रतिनिधि बोलाउने निर्णय समेत गरेको छ ।
बैठकले पूर्ण नभएको सदस्यता फारम पूरा गराउन सचिव र सहसचिवलाई जिम्मेवारी सुम्पिएको छ । त्यसैगरी, अहिलेसम्मको सदस्यता शुल्कबाट उठेको रकम कोषाध्यक्ष समक्ष नआइपुगेको हुंदा सक्दो छिटो कोषाध्यक्षलाई हस्तान्तरण गर्ने निर्णय गरिएको छ ।
बैठकपछि ग्लास्गो नेपाली एसोसिएसनका अध्यक्ष छविलाल अर्यालले एनआरएनए युके केन्द्रीय कार्यालयमा भोला खनालद्वारा मिडियालाई दिइएको वक्तव्यप्रति आपत्ति जनाउंदै ८ वुंदे स्पष्टिकरणको माँग राखेका थिए । एनआरएनए युकेका सल्लाहकार तथा एनआरएनए युके राज्य परिषद स्कटल्याण्डको संरक्षक रहेका भोला खनालले आफू आवेशमा आएर त्यस्ता शव्द बोलेको भन्दै क्षमायाचना गरि सधैं समाजसेवामा हातेमालो गरेर हिंड्न नछोड्ने विश्वास दिलाएका छन् ।
१९ सदस्यीय कार्यसमिति र दुई संरक्षक समेत रहेको स्कटल्याण्ड तदर्थ राज्य समन्वय परिषदमा अध्यक्ष मोहन कार्की, उपाध्यक्षद्वय नारायण पहारी र काशिराम भण्डारी, सचिव कृष्ण दाहाल, सहसचिव दिवाकर पाण्डे, कोषाध्यक्ष धनबहादुर केसी र सह कोषाध्यक्ष यदुमानी सापकोटा छन् ।
त्यसैगरि कार्यकारी सदस्यहरुमा राम प्रसाद बगाले, विजयमान डंगोल, उज्जवल कार्की, गोविन्द खरेल, श्रीमती सुशीला गैरे, श्रीमती लक्ष्मी सापकोटा, भोज राज खरेल, श्रीमती अन्जली चापागाईं, श्री बलराम पौडेल, कृष्ण देवकोटा र मनिष खत्री छन् भने संरक्षकमा गैर आवासीय नेपाली संघ बेलायतका सल्लाहकार तथा समाजसेवी भोला खनाल र स्थानीय समाजसेवी तथा सफल ब्यवसायी यज्ञमुर्ति ढकाल रहेका छन् ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल