लण्डन । बेलायतमा आयोजना हुने दोस्रो मिसेस नेपाल यूके २०१८ को फाइनल यही बुधवार ह्यारोस्थित ह्यारो फुटबल क्लबमा सम्पन्न हुने भएको छ । यसपटक मिसेस नेपाल यूके २०१८ को लागि बेलायतका विभिन्न स्थान र विभिन्न पेशामा आवद्ध १३ सहभागीहरु प्रतिस्पर्धा गर्दैछन् ।
सहभागी प्रतियोगीहरुलाई विभिन्न विधाका विज्ञहरुबाट व्यक्तित्व विकास, योगा तथा फिटनेस तालिम, हेयर एण्ड ब्यूटी टिप्स र बकिङह्याम प्यालेस भ्रमण गराइनुका साथै प्रतिस्पर्धाको सम्पूर्ण तयारी सकिएको अयोजक संस्थाकी निर्देशक एवं मिसेस नेपाल युनिभर्स २०१८ विजेता मनिषा डंगोल श्रेष्ठले बताइन् ।
बेलुकी ६ बजेबाट शुरु गरिने उक्त प्रतिस्पर्धामा प्रतियोगीहरु ४ सिक्वेन्समा विभिन्न पहिरनमा प्रस्तुत हुनेछन् । उक्त सिक्वेन्स पश्चात निर्णायक मण्डलको नम्बरको आधारमा उत्कृष्ट ५ र उत्कृष्ट ५ लाई सोधिएको प्रश्न उत्तरको आधारमा कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि लगायत करिब ३०० दर्शकलाई साक्षी राख्दै दोस्रो मिसेस नेपाल यूके २०१८ घोषणा गरिने छ ।
लन्डन फेशन हाउसले दोस्रो पटक आयोजना गर्न लागेको यस प्रतियोगितामा मिसेस नेपाल यूके, फस्ट रनर अप, सेकेन्ड रनर अप, पब्लिक च्वाइस, फोटोजेनिक, क्याटवक, वेष्ट शेफ, ब्यूटी फर चेन्ज आदि टाईटल राखिएको छ ।
विजेताहरुले ट्रफी, विभिन्न गिफ्ट हयाम्पर, म्युजिक भिडियो, विज्ञापन लगायत अन्य अवसर पाउने अयोजक संस्थाकी निर्देशक श्रेष्ठले बताइन् ।
कार्यक्रमलाई गत वर्षकी विजेता मिसेस नेपाल यूके २०१७ आस्था जोशीले संयोजन गर्दैछिन् । साथै उनलाई सुस्मिता थापाले साथ दिने छिन् । कार्यक्रमको विचमा विविध सांगीतिक कार्यक्रम समेत रहने छ ।
तस्वीर-युद्ध पुन
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो