अल्डरसट । रसमोर टेन के तथा फन रनमा करिब एक हजार ६ सयले भाग लिएका छन् । ग्रेटर रसमोर नेपाली कम्युनिटी (जिआरएनसी) रसमोर बरो काउन्सिल र ब्ल्याक वाटर भ्याली रनर्सको संयुक्त आयोजनामा गत आइतबार अल्डरसटको क्वीन्स एभिन्यूमा सो रन सम्पन्न भएको थियो ।
रनमा ब्रिटिश, नेपाली र अन्य समुदाय समेत सहभागी थिए तर नेपाली प्रतियोगीहरुको उल्लेख्य सहभागिताले रन फनमा परिणत भयो ।
उक्त रनको संयोजन जिआरएनसी सल्लाहकार मेजर खिम गौचन र सह संयोजन सदस्य बीर बलालले गरेका थिए । स्थानीय सांसद समेत सहभागी रनको उद्घाटन गर्ने अवसर दिइएकोमा जिआरएनसी अध्यक्ष जीव बेलबासेले स्थानीय स्तरमा नेपालीको प्रतिष्ठा बढेको मात्र प्रमाणित नभई अरु समुदायसंग सकारात्मक तालमेलमा जिआरएनसी अब्बल रहेको र यसबाट सबै नेपालीहरुको गौरव बढेको बताए ।
हरेक वर्ष अक्टोवरमा ग्रेटर रसमोर नेपाली कम्युनिटी, रशमोर बरो काउन्सिल र ब्ल्याक वाटर भ्याली रनर्सको संयुक्त आयोजनामा हुने १० के र फन रन कार्यक्रमले नेपाली र ब्रिटिस समुदायबीच सुमधुर सम्बन्ध विस्तार गर्न ठूलो सहयोग पुगेको स्थानीय सांसद लियो डोकोतीले बताए ।
फन रन तर्फको सम्पूर्ण जिम्मा उपाध्यक्ष नेम थापाले लिएका थिए भने कोषाध्यक्ष टोप पल्लीले सहसंयोजन गरेका थिए । उक्त रनको कन्ट्रोल रुमको उपाध्यक्ष रन्जिता मल्ल, प्रवक्ता प्रमिला राई, सल्लाहकार क्याप्टेन ग्यारी घले, क्याप्टेन बीर थापा समेतले जिम्मा लिएका थिए भने महासचिव मान गुरुङले रेस अघि र पछिको सम्पूर्ण व्यवस्थापन जिम्मेवारी निर्वाह गरेका थिए ।
मार्सलतर्फ सल्लाहकार क्याप्टेन विष्णु थापा लगायत मद्दत समूहले सबै जिम्मा लिएको उक्त रन पछि क्याप्टेन बीर थापाले सांस्कृतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष जीव बेलबासेले प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग गर्ने निवर्तमान अध्यक्ष, सल्लाहकारहरु, कार्यसमितिका समस्त सदस्यहरु, जिआरएनसीका आजीवन सदस्यहरु, समस्त नेपाली तथा स्थानिय समुदायमा धन्यबाद दिए भने संयोजक सल्लाहकार मेजर खिम गौचन र उनको टिमलाई विशेष धन्यवाद दिए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे