लन्डन । नेपालीहरु देशबाट धेरै टाढा रहेपनि आफ्नो संस्कृतिलाई बचाइराख्ने प्रयासमा लागिरहेका देखिन्छन् । यसै सिलसिलामा बेलायतको क्रोयडनमा रहेका नेपालीहरुको संस्था ‘क्रोयडन नेपाली समाज’ ले गत १३ अक्टोबरमा दशैं पार्टी सम्पन्न गरेको छ ।
सो कार्यक्रममा क्रोयडन र त्यस वरपर बसोबास गर्ने अधिकांश नेपालीको उपस्थिति थियो ।
संस्थाका अध्यक्ष नबीन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष ध्रुबहरि बाँस्कोटाले जहाँ जसरी रहेपनि नेपालीहरुले आफ्नो परम्परा र संस्कृति भुल्न नसक्ने बताए । करिब ५ वर्ष अगाडि स्थापित यो संस्थाले प्रत्येक वर्ष दशैं कार्यक्रम गर्ने गरेको अध्यक्ष कार्कीले जनाए ।
बिभिन्न सांस्कृतिक कार्यक्रमसहित मनाइएको सो कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य तथा गीत प्रस्तुत गरेर मनोरन्जन गराएका थिए भने उपस्थित पाहुनाहरु आफ्नो देश र गाउँको दशैं सम्झेर भावुक हुँदै एकापसमा शुभकामना साट्न तल्लीन थिए ।
कार्यक्रम उपाध्यक्ष रिमा कंडेलले सञ्चालन गरेकी थिइन् । क्रोयडन नेपाली समाज मनोरन्जनमा मात्र सिमित नरहेर परदेशमा आफ्नो संस्कृतिलाई जोगाउँदै आफ्ना सदस्यहरुलाई परेको दुःख अनि अप्ठ्याराहरुमा समेत सहयोग गर्दै स्थानीय निकायहरुसंग सहकार्य गर्दै आएको देखिन्छ ।
३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै बेलायतको सङ्गीत महोत्सवमा
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
बेलायतमा मनाइयो ‘लन्डन इन्द्र जात्रा’
र्यापमा रमाउँदै नयाँ पुस्ता : ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ’
बीसीसी यूकेले गर्यो कुलमान घिसिङलाई स्वागत तथा सम्मान
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
एक लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन
बेलायती सांसद एलेक्स बेकरसँग कुमाल घिसिङको भेटवार्ता