लन्डन । नेपालीहरु देशबाट धेरै टाढा रहेपनि आफ्नो संस्कृतिलाई बचाइराख्ने प्रयासमा लागिरहेका देखिन्छन् । यसै सिलसिलामा बेलायतको क्रोयडनमा रहेका नेपालीहरुको संस्था ‘क्रोयडन नेपाली समाज’ ले गत १३ अक्टोबरमा दशैं पार्टी सम्पन्न गरेको छ ।
सो कार्यक्रममा क्रोयडन र त्यस वरपर बसोबास गर्ने अधिकांश नेपालीको उपस्थिति थियो ।
संस्थाका अध्यक्ष नबीन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष ध्रुबहरि बाँस्कोटाले जहाँ जसरी रहेपनि नेपालीहरुले आफ्नो परम्परा र संस्कृति भुल्न नसक्ने बताए । करिब ५ वर्ष अगाडि स्थापित यो संस्थाले प्रत्येक वर्ष दशैं कार्यक्रम गर्ने गरेको अध्यक्ष कार्कीले जनाए ।
बिभिन्न सांस्कृतिक कार्यक्रमसहित मनाइएको सो कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य तथा गीत प्रस्तुत गरेर मनोरन्जन गराएका थिए भने उपस्थित पाहुनाहरु आफ्नो देश र गाउँको दशैं सम्झेर भावुक हुँदै एकापसमा शुभकामना साट्न तल्लीन थिए ।
कार्यक्रम उपाध्यक्ष रिमा कंडेलले सञ्चालन गरेकी थिइन् । क्रोयडन नेपाली समाज मनोरन्जनमा मात्र सिमित नरहेर परदेशमा आफ्नो संस्कृतिलाई जोगाउँदै आफ्ना सदस्यहरुलाई परेको दुःख अनि अप्ठ्याराहरुमा समेत सहयोग गर्दै स्थानीय निकायहरुसंग सहकार्य गर्दै आएको देखिन्छ ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय