लन्डन । ‘मिसेस नेपाल यूके’ को दोश्रो संस्करण नजिकिंदै गर्दा प्रतिष्पर्धीहरु निकै उत्साहित छन् । उपाधि पाउनु नपाउनु भन्दा यसले अनेक अनुभव बटुल्न पाएको बताउंछन् १३ प्रतिष्पर्धीहरु । प्रतियोगिता आगामी २४ अक्टोबर सांझ हयारो बरो फुटबल क्लवमा हुने कार्यक्रम छ ।
‘पब्लिक च्वाइस’ का लागि प्रतिष्पर्धीहरु अहिले लन्डन फेसन हाउसको फेसबुक पेजमा लाइक, सेयर र कमेन्ट्स बटुल्न जुटिरहेका छन् ।
प्रतियोगितामा भाग लिन बेलायतको विभिन्न शहरबाट प्रतियोगीहरुले ‘अडिसन’ चरण पार गरेका थिए । आयोजक लन्डन फेसन हाउसले प्रतियोगिताको तयारी पुरा भइसकेको जनाएको छ । प्रतियोगिता संयोजक एवं मिसेस नेपाल यूके ०१७ आस्था जोशीले प्रतियोगीहरु नर्सिङ, सेफ, होटल म्यानेजमेन्ट लगायत क्षेत्रबाट आएका जनाइन् । व्यक्तिगत विकास र प्रशिक्षण पनि जारी रहेको संयोजक आस्थाले जनाइन् । यस्तो प्रशिक्षणले प्रतियोगीहरुको आत्मविश्वास बढेको आयोजकको दावी छ ।
प्रतियोगीहरुले बकिङहम प्यालेसको अवलोकन भ्रमण गरे भने पण्डित चिरन्जिवी ढकालबाट धार्मिक प्रवचन समेत लिएका छन् ।
प्रतियोगीलाई मिसेस नेपाल युनिभर्स २०१८ एवं आयोजक मनिषा डंगोल श्रेष्ठले ग्रुमिङ, रोजिहिरा फाउण्डेसन यूकेकी अध्यक्ष रोजिना प्रधान राईले फिटनेस, ब्युटीसियन विजेता श्रेष्ठले हेयर एण्ड मेकअप र हस्पिटालिटी ट्रेनिङ सेलिब्रेटी सेफ विनोद बरालले दिइरहेका छन् । कार्यक्रम सञ्चालन विभोर ढकालले गर्ने तय भएको छ ।
गत वर्षको कमी कमजोरी सुधार गर्दै यो संस्करण बढि निष्पक्ष, व्यवस्थित र प्रभावकारी बनाउन आयोजक सचेत छ । इभेन्ट कोअर्डिनेटर आस्था जोशी, असिस्टेन्ट कोअर्डिनेटर सुस्मिता थापा, स्टेज डेकोरेसन नमस्कार इभेन्ट्स, साउण्ड एण्ड लाइट हेम विष्ट, फोटोग्राफी युद्ध पुन, भिडियोग्राफी सुमन श्रेष्ठ र म्यूजिक भिडियो पार्टनरको रुपमा के के मुभिज एण्ड मिडियाले जिम्मेवारी लिएका छन् ।
आयोजकले कार्यक्रममा सहभागी भएर प्रतियोगीहरुको हौसला अभिवृद्धि गरिदिन अपिल गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा