लन्डन । ‘मिसेस नेपाल यूके’ को दोश्रो संस्करण नजिकिंदै गर्दा प्रतिष्पर्धीहरु निकै उत्साहित छन् । उपाधि पाउनु नपाउनु भन्दा यसले अनेक अनुभव बटुल्न पाएको बताउंछन् १३ प्रतिष्पर्धीहरु । प्रतियोगिता आगामी २४ अक्टोबर सांझ हयारो बरो फुटबल क्लवमा हुने कार्यक्रम छ ।
‘पब्लिक च्वाइस’ का लागि प्रतिष्पर्धीहरु अहिले लन्डन फेसन हाउसको फेसबुक पेजमा लाइक, सेयर र कमेन्ट्स बटुल्न जुटिरहेका छन् ।
प्रतियोगितामा भाग लिन बेलायतको विभिन्न शहरबाट प्रतियोगीहरुले ‘अडिसन’ चरण पार गरेका थिए । आयोजक लन्डन फेसन हाउसले प्रतियोगिताको तयारी पुरा भइसकेको जनाएको छ । प्रतियोगिता संयोजक एवं मिसेस नेपाल यूके ०१७ आस्था जोशीले प्रतियोगीहरु नर्सिङ, सेफ, होटल म्यानेजमेन्ट लगायत क्षेत्रबाट आएका जनाइन् । व्यक्तिगत विकास र प्रशिक्षण पनि जारी रहेको संयोजक आस्थाले जनाइन् । यस्तो प्रशिक्षणले प्रतियोगीहरुको आत्मविश्वास बढेको आयोजकको दावी छ ।
प्रतियोगीहरुले बकिङहम प्यालेसको अवलोकन भ्रमण गरे भने पण्डित चिरन्जिवी ढकालबाट धार्मिक प्रवचन समेत लिएका छन् ।
प्रतियोगीलाई मिसेस नेपाल युनिभर्स २०१८ एवं आयोजक मनिषा डंगोल श्रेष्ठले ग्रुमिङ, रोजिहिरा फाउण्डेसन यूकेकी अध्यक्ष रोजिना प्रधान राईले फिटनेस, ब्युटीसियन विजेता श्रेष्ठले हेयर एण्ड मेकअप र हस्पिटालिटी ट्रेनिङ सेलिब्रेटी सेफ विनोद बरालले दिइरहेका छन् । कार्यक्रम सञ्चालन विभोर ढकालले गर्ने तय भएको छ ।
गत वर्षको कमी कमजोरी सुधार गर्दै यो संस्करण बढि निष्पक्ष, व्यवस्थित र प्रभावकारी बनाउन आयोजक सचेत छ । इभेन्ट कोअर्डिनेटर आस्था जोशी, असिस्टेन्ट कोअर्डिनेटर सुस्मिता थापा, स्टेज डेकोरेसन नमस्कार इभेन्ट्स, साउण्ड एण्ड लाइट हेम विष्ट, फोटोग्राफी युद्ध पुन, भिडियोग्राफी सुमन श्रेष्ठ र म्यूजिक भिडियो पार्टनरको रुपमा के के मुभिज एण्ड मिडियाले जिम्मेवारी लिएका छन् ।
आयोजकले कार्यक्रममा सहभागी भएर प्रतियोगीहरुको हौसला अभिवृद्धि गरिदिन अपिल गरेको छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे