लण्डन । बेलायत सरकार, विश्व स्वास्थ्य संगठन र आर्थिक सहयोग र विकास सम्बन्धी संगठनको संयुक्त आयोजनामा लण्डनमा मानसिक स्वास्थ्य सम्बन्धी मन्त्रीस्तरीय विश्व सम्मेलन सम्पन्न भएको छ ।
९ देखि १० अक्टोबरसम्म चलेको सम्मेलन ‘एक्काइसौँ शताव्दीमा मानसिक स्वास्थ्यमा समानता प्राप्तिको लक्ष्य निर्दिष्ट विश्व घोषणा’ जारी गर्दै सम्पन्न भएको हो ।
उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै उपप्रधानमन्त्री तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र यादव सम्मेलनमा सहभागी थिए । सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्दै उनले मानसिक स्वास्थ्य समस्या अल्प विकसित र विकासोन्मुख राष्ट्रहरुको मात्र नभई विश्व मानव समुदायकै एक गम्भीर समस्या भएको बताए ।
निम्न तथा मध्यम आय भएका मुलुकहरुका हरेक पाँचमा एक जनामा मानसिक रोगको समस्या रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री यादवले दक्षिण एसिया क्षेत्रमा रहेको कूल जनसंख्याको २० प्रतिशत जनता मानसिक रोगबाट ग्रसित रहेका जनाए ।
नेपाल पनि मानसिक रोगको समस्याबाट अलग छैन भन्दै उपप्रधानमन्त्री यादवले अशिक्षा, वेरोजगारी, बसाईसराई, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरिवीका कारण नेपालमा मानसिक रोगीहरुको संख्या दिनानुदिन बढिरहेको विचार व्यक्त गरेका थिए ।
नेपालको संविधानले आधारभूत स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा अङ्गीकार गरेको उल्लेख गर्दै यादवले नेपाल सरकार न्यूनतम व्ययमा सरल र सहज पहुंचसहित स्वास्थ्य सुविधा प्रदान गर्न प्रतिवद्ध रहेको र मानसिक रोगको उपचारको सरलीकरणमा विशेष ध्यान दिइएको बताए ।
विश्व सम्मेलनको पहिलो दिन मन्त्री यादवले सम्मेलन आयोजक समितिका अध्यक्ष टिम केन्डलसंग शिष्टाचार भेट गरी मानसिक रोगको निदानमा द्धिपक्षीय सहयोग सम्बन्धमा वार्ता गरेका थिए ।
यसैबीच उपप्रधानमन्त्री यादव बुधवार बेलायती प्रधानमन्त्री टेरेजा मेले १० डाउनिङस्ट्रिटस्थित प्रधानमन्त्री कार्यालयमा आयोजना गरेको स्वागत समारोहमा समेत सरिक भएको लण्डन स्थित नेपाली दूतावासले जनाएको छ ।
यादवको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा संयुक्त अधिराज्यकालागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, मानसिक स्वास्थ्य विज्ञ डा. रवीन्द्र ठाकुर, स्वकीय सहसचिव अमरेन्द्र यादव र उपसचिव भवनाथ खतिवडा थिए ।
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ