
सम्वाद चौतारीमा मंगलबार आयोजित साक्षात्कारमा सांसद रामवीर मानन्धरले आफ्नो राजिनामाको विषयबारे जानकारी दिँदै । तस्बिर- नारायण न्यौपाने, रासस
काठमाडौँ, २३ असोज – प्रतिनिधिसभामा काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधित्व गर्दै आउनुभएका सांसद रामवीर मानन्धरले पदबाट राजीनामा दिने सङ्केत गर्नुभएको छ ।
संवाद चौतारीमा आज आयोजित साक्षात्कारमा उहाँले सभामुखमार्फत राजीनामा दिनुपर्ने भएको हुँदा राजीनामाको अनुमतिका लागि पार्टीसमक्ष निवेदन दिइसकेको जानकारी दिनुभयो ।
सांसद मानन्धरले भन्नुभयो, “पार्टी नेतृत्वको दबबामा नभई स्वेच्छाले राजीनामा दिने सोच बनाएको हूँ, आगामी दिनमा पनि पार्टीले गर्ने निर्णय र जिम्मेवारीलाई इमान्दारिताका साथ पालना गर्नेछु ।”
पार्टी एकीकरणमा नेता वामदेव गौतमको महत्वपूर्ण योगदान रहेकाले मुलुकको विकास र समृद्धिको कार्यसूचीलाई थप प्रभावकारी ढङ्गबाट अघि बढाउन उहाँको संसद्मा उपस्थिति खड्किएको हुँदा त्यसमा योगदान होस् भनेर आफूले राजीनामा दिने मनस्थिति बनाएको सांसद मानन्धरले जानकारी दिनुभयो ।
सांसद मानन्धरले भन्नुभयो, “हाम्रो सङ्गठन चुस्त छ, जनतालाई घरघरमा गएर आश्वस्त तुल्याएर उपनिर्वाचनमा सहजरुपमा जित हासिल गर्न सक्छौँ ।” पार्टीको सचिवालय बैठकले राजीनामा दिन अनुमति पाऊँ भनी आफूले दिएको निवेदनलाई अनुमोदन गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
सो अवसरमा उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेता गौतमको रोहवरमा राजीनामाका लागि लिखित निवेदन दिएको जानकारी दिनुभयो । तत्कालीन नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाको दुई पटक वडाअध्यक्ष, २०७० सालको संविधानसभाको निर्वाचनमा सांसद भई जिम्मेवारी सम्हाली सक्नुभएका सांसद मानन्धर पार्टीभित्र परिपक्व राजनीतिज्ञको रुपमा परिचित हुनुहुन्छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
बेलायतमा बीसीसी यूकेले भव्यताका साथ मनायो २५७० औँ बुद्ध जयन्ती
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन