
सम्वाद चौतारीमा मंगलबार आयोजित साक्षात्कारमा सांसद रामवीर मानन्धरले आफ्नो राजिनामाको विषयबारे जानकारी दिँदै । तस्बिर- नारायण न्यौपाने, रासस
काठमाडौँ, २३ असोज – प्रतिनिधिसभामा काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधित्व गर्दै आउनुभएका सांसद रामवीर मानन्धरले पदबाट राजीनामा दिने सङ्केत गर्नुभएको छ ।
संवाद चौतारीमा आज आयोजित साक्षात्कारमा उहाँले सभामुखमार्फत राजीनामा दिनुपर्ने भएको हुँदा राजीनामाको अनुमतिका लागि पार्टीसमक्ष निवेदन दिइसकेको जानकारी दिनुभयो ।
सांसद मानन्धरले भन्नुभयो, “पार्टी नेतृत्वको दबबामा नभई स्वेच्छाले राजीनामा दिने सोच बनाएको हूँ, आगामी दिनमा पनि पार्टीले गर्ने निर्णय र जिम्मेवारीलाई इमान्दारिताका साथ पालना गर्नेछु ।”
पार्टी एकीकरणमा नेता वामदेव गौतमको महत्वपूर्ण योगदान रहेकाले मुलुकको विकास र समृद्धिको कार्यसूचीलाई थप प्रभावकारी ढङ्गबाट अघि बढाउन उहाँको संसद्मा उपस्थिति खड्किएको हुँदा त्यसमा योगदान होस् भनेर आफूले राजीनामा दिने मनस्थिति बनाएको सांसद मानन्धरले जानकारी दिनुभयो ।
सांसद मानन्धरले भन्नुभयो, “हाम्रो सङ्गठन चुस्त छ, जनतालाई घरघरमा गएर आश्वस्त तुल्याएर उपनिर्वाचनमा सहजरुपमा जित हासिल गर्न सक्छौँ ।” पार्टीको सचिवालय बैठकले राजीनामा दिन अनुमति पाऊँ भनी आफूले दिएको निवेदनलाई अनुमोदन गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
सो अवसरमा उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेता गौतमको रोहवरमा राजीनामाका लागि लिखित निवेदन दिएको जानकारी दिनुभयो । तत्कालीन नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाको दुई पटक वडाअध्यक्ष, २०७० सालको संविधानसभाको निर्वाचनमा सांसद भई जिम्मेवारी सम्हाली सक्नुभएका सांसद मानन्धर पार्टीभित्र परिपक्व राजनीतिज्ञको रुपमा परिचित हुनुहुन्छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा