अल्डरसट । ग्रेटर रसमोर नेपाली कम्युनिटीले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि १४ अक्टुवर २०१८ बिहान ठिक १० बजे सुरु हुने रसमोर बरो काउन्सिल र ब्ल्याक वाटर भ्याली रनर्ससंगको साझेदारीमा १० किलोमिटर र २ किलोमिटर ‘फन रन’ को तयारी पुरा गरेको छ ।
यस वर्ष १० के तर्फ ११०० जना र फन रनतर्फ ३०० देखि ५०० जनाको सहभागिता गराउने लक्ष्य रहेकोमा १० के तर्फ हालसम्म ९६८ जनाले बुक गरिसकेको रेस डाइरेक्टर देव पोर्टरले जानकारी गराए ।
नेपाली र स्थानीय समुदाय एक साथ रही आयोजना गरिने उक्त रन पहिला १० के मात्र गर्ने गरिएकोमा गत बर्षदेखि बच्चा, बृद्ध र महिलाहरुलाई मध्यनजर राखी ‘फन रन’ समेत आयोजना गर्न सुरुवात गरिएको हो । ‘फन रन’ को सम्पूर्ण जिम्मेवारी भने ग्रेटर रसमोर नेपाली कम्युनिटीले बहन गरेको जीआरएनसी अध्यक्ष जीव बेलबासेले जनाए । दौड उद्घाटन जीआरएनसी अध्यक्ष जीव बेलबासेले गर्ने कार्यक्रम छ ।
दुवै समुदायबीच आपसी हार्दिकता बढाउन उक्त दौड अत्यन्तै महत्वपूर्ण साबित भएकाले हरेक वर्ष अक्टुबरमा निरन्तर रुपमा आयोजना गर्ने गरिएको छ । सल्लाहकार मेजर रिटायर्ड खिम गौचन संयोजक र उनको सहयोगार्थ बरिष्ठ उपाध्यक्ष रामधन राई, उपाध्यक्ष नेम थापा, उपाध्यक्ष रन्जिता मल्ल, महासचिव मान गुरुङ र बिर बलाल रहने गरि दौडको सम्पूर्ण जिम्मेवारी दिइएको छ भने सल्लाहकार क्याप्टेन वीर थापा र उनको टिमले मार्शल र साँस्कृतिक क्रियाकिलापको सम्पूर्ण जिम्मेवारी निर्वाह गर्ने छ ।
त्यसै गरि मिमोसा अल्डरसटका मेनेजर एवं जीआरएनसी सदस्य दिल नेपालीले हल्का खानाको व्यवस्था गर्ने छन् भने रशमोर बरो काउन्सिलका मार्टिन स्टेरियो, ब्ल्याक वाटर भ्याली रनर्सका देव पोर्टर, ग्रेंजरका जेनी अपस्टिलको विशेष जिम्मेवारी छ ।
१० के एवं ०२ के फन रनको लागि मंगलवार बसेको अन्तिम बैठकको समिक्षा अनुसार विगत वर्षहरुमा भन्दा यो वर्ष नेपालीको तर्फबाट दौडमा भाग लिनेको संख्या निकै नै घटेको पाइएकोले पुन: सबै नेपाली समुदायमा https://www.fullonsport.com/event/rushmoor-wellesley-10k-run-2018/profile मा गइ यथासक्य छिटो बुक गर्न ग्रेटर रशमोर नेपाली कम्युनिटीद्वारा अपिल गरिएको प्रवक्ता प्रमिला राईले बताइन् ।
दौडमा १० के तर्फ टीसर्ट र मेडल प्रदान गरिने छ भने फन रन तर्फ मेडल प्रदान गरिने छ ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा