लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेले कुस्माका दृष्टिविहीन विद्यार्थीलाई आर्थिक सहयोग गर्ने भएको छ । सोसाइटीको गत सेप्टेम्बर ३० मा अल्डरसटस्थित एम्पायर हलमा भएको बैठकले कुश्माको शिवालय माविमा स्थापना गरिएको १० लाखको अक्षयकोषको ब्याजबाट प्राप्त रकम वार्षिक रुपमा त्यहां अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई दामाशाही रुपमा दिने निर्णय हो ।
बैठकले सोसाइटीको सातौं कार्यसमितिको निर्वाचन तथा साधारणसभा आगामी डिसेम्बर १६ तारिख आइतबार दिउसो अल्डरसटको एम्पायर हलमा गर्ने निर्णय समेत गरेको छ ।
निर्वाचन प्रयोजनका लागि सोसाइटीका संस्थापक अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा ५ सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ । निर्वाचन समितिमा संस्थाका पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, सल्लाहकार धनबहादुर थापा, सल्लाहकार नारायण कोने गुरुङ सदस्य छन् भने सल्लाहकार तथा संस्थापक महासचिव युवन गुरुङ सदस्य सचिव रहेको संस्थाका अध्यक्ष दधि आचार्यले जानकारी दिए । आचार्यले साधारणसभामा उपस्थितिका लागि बेलायतमा बसोबास गर्ने सम्पूर्ण पर्वतेलीलाई आव्हान समेत गरेका छन् ।
सोसाइटी अध्यक्ष दधि आचार्यको अध्यक्षतामा भएको बैठकमा संस्थाले दुईवर्षसम्म गरेका कामहरुको समिक्षा र आगामी दिनमा संस्थालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको थियो । महासचिव भरत पौड्यालले सञ्चालन गरेको बैठकमा अध्यक्ष आचार्यले आफ्नो दुई वर्षे कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै समृद्ध पर्वत निर्माणका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।
सोही बैठकमा सोसाइटीको निमन्त्रनामा नेपालबाट आएका चर्चित लोकगायक विमलराज छेत्री र हालै किङ्गस्टन विश्वविद्यालयबाट विद्यावारिधी गर्ने संस्थाका सदस्य डा. बासुदेव पौड्याललाई पनि सम्मान गरिएको थियो । साथै बैठकले अक्टोबर १२ मा एम्पायर हलमा लोकगायक छेत्रीको विदाइ सांझ पनि गर्ने भएको छ ।
बैठकमा अध्यक्ष आचार्य, उपाध्यक्षद्वय एकबहादुर पुन र संजिव गुरुङ, महासचिव भरत पौड्याल, कोषाध्यक्ष नेत्र आले, सदस्य डा. बासुदेव पौड्याल, संस्थापक अध्यक्ष हितकाजी गुरुङ, अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष तथा सल्लाहकार पुरन गिरी, सल्लाहकार तथा संस्थापक महासचि युवन गुरुङ, जुमकाजी गुरुङ, राजकुमार गुरुङ लगायतको उपस्थिति थियो ।
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे