लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेले कुस्माका दृष्टिविहीन विद्यार्थीलाई आर्थिक सहयोग गर्ने भएको छ । सोसाइटीको गत सेप्टेम्बर ३० मा अल्डरसटस्थित एम्पायर हलमा भएको बैठकले कुश्माको शिवालय माविमा स्थापना गरिएको १० लाखको अक्षयकोषको ब्याजबाट प्राप्त रकम वार्षिक रुपमा त्यहां अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई दामाशाही रुपमा दिने निर्णय हो ।
बैठकले सोसाइटीको सातौं कार्यसमितिको निर्वाचन तथा साधारणसभा आगामी डिसेम्बर १६ तारिख आइतबार दिउसो अल्डरसटको एम्पायर हलमा गर्ने निर्णय समेत गरेको छ ।
निर्वाचन प्रयोजनका लागि सोसाइटीका संस्थापक अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा ५ सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ । निर्वाचन समितिमा संस्थाका पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, सल्लाहकार धनबहादुर थापा, सल्लाहकार नारायण कोने गुरुङ सदस्य छन् भने सल्लाहकार तथा संस्थापक महासचिव युवन गुरुङ सदस्य सचिव रहेको संस्थाका अध्यक्ष दधि आचार्यले जानकारी दिए । आचार्यले साधारणसभामा उपस्थितिका लागि बेलायतमा बसोबास गर्ने सम्पूर्ण पर्वतेलीलाई आव्हान समेत गरेका छन् ।
सोसाइटी अध्यक्ष दधि आचार्यको अध्यक्षतामा भएको बैठकमा संस्थाले दुईवर्षसम्म गरेका कामहरुको समिक्षा र आगामी दिनमा संस्थालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको थियो । महासचिव भरत पौड्यालले सञ्चालन गरेको बैठकमा अध्यक्ष आचार्यले आफ्नो दुई वर्षे कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै समृद्ध पर्वत निर्माणका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।
सोही बैठकमा सोसाइटीको निमन्त्रनामा नेपालबाट आएका चर्चित लोकगायक विमलराज छेत्री र हालै किङ्गस्टन विश्वविद्यालयबाट विद्यावारिधी गर्ने संस्थाका सदस्य डा. बासुदेव पौड्याललाई पनि सम्मान गरिएको थियो । साथै बैठकले अक्टोबर १२ मा एम्पायर हलमा लोकगायक छेत्रीको विदाइ सांझ पनि गर्ने भएको छ ।
बैठकमा अध्यक्ष आचार्य, उपाध्यक्षद्वय एकबहादुर पुन र संजिव गुरुङ, महासचिव भरत पौड्याल, कोषाध्यक्ष नेत्र आले, सदस्य डा. बासुदेव पौड्याल, संस्थापक अध्यक्ष हितकाजी गुरुङ, अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष तथा सल्लाहकार पुरन गिरी, सल्लाहकार तथा संस्थापक महासचि युवन गुरुङ, जुमकाजी गुरुङ, राजकुमार गुरुङ लगायतको उपस्थिति थियो ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा