
लन्डन । सोसाइटी फर नेपलिज प्रोफेशनल यूके र टेवा नामक संस्थाले
लन्डन प्लमस्टिडमा एक भिन्न कार्यक्रम गरेका छन् । गत २६, सेप्टेम्बर २०१८ का दिन बेलायत र नेपालबीच सिप तथा ज्ञान विनिमयमा केन्द्रित फरक कार्यक्रम भएको हो ।
स्वयंसेवक परिचालन तथा सिप र ज्ञान विनिमय पृथक रुपमा कसरी गर्न सकिन्छ भन्नेबारे करिब दुई घण्टा चलेको कार्यक्रममा टेवा नेपालकी अध्यक्ष डा निर्मला केसीले टेवा नेपालको सामाजिक अभियान तथा कार्यबारे प्रस्तुति दिइन् । उनले सोसाइटी फर नेपलिज प्रोफेशनल यूकेले डायस्पोराको सिप र ज्ञानका लागि समन्वय गरे टेवाले नेपालमा आफ्ना कार्यक्रमहरुमार्फत युवा आदानप्रदान कार्यक्रम अन्तर्गत सूचना प्रविधि, नेतृत्व विकास, अंग्रेजी भाषा शिक्षण लगायत थुप्रैक्षेत्रमा सहकार्य गर्न आर्थिक तथा समन्वयात्मक सहयोग गर्न सक्ने बताइन् ।
कार्यक्रममा विशेष टिप्पणी दिंदै सोसाइटीका सल्लाहकार तथा पूर्व अध्यक्ष डा. तेजेन्द्र फेरालीले कम्तीमा एउटा पाइलट प्रोजेक्टको रुपमा काम थालेर यस्तो भिन्न प्रकारको शुरुआत गर्न सकिने र शुरुआतमा युवा आदानप्रदान कार्यक्रममार्फत नेपाली किशोर किशोरीहरुले पनि नेपाल गएर त्यहांको असल कुरा (ज्ञान, सिप, संस्कृति, सदभाव) सिक्न सक्ने औंल्याए ।
सम्भाव्य कार्यदिशाका लागि आगामी दिनमा सोसाइटी फर नेपलिज प्रोफेशनल यूकेले औपचारिक रुपमै कार्यारम्भ गर्न उक्त कार्यक्रममा आएका बुंदाहरु प्रस्तुत गर्दै अर्का सल्लाहकार तथा पूर्व अध्यक्ष नारायण भट्टराईले यस्ता सकारात्मक र फरक दृष्टिकोण ल्याउन समन्वय गरेकामा सहजकर्तालाई विशेष धन्यबाद दिए । उनले निकट भविष्यमा नै सोसाइटीले एउटा निश्चित मोडालिटी तय गरी कार्यआरम्भ गरोस् भनी शुभकामना समेत दिए ।
त्यसैगरी सल्लाहकार तथा पूर्व अध्यक्षहरु अर्कराज तिम्सिना र पूण्य रेग्मीले शुभकामना प्रकट गर्दै व्यवहारमै काम यथाशक्य छिटो शुरु गर्न आग्रह गरेका थिए ।
कार्यक्रमकाबारेमा युवा सञ्जालकी अध्यक्ष निकिता खरेल र सचिव सम्राट कोइराला लगायत अन्य किशोरकिशोरीहरुले समेत बडो जिज्ञासु भएर प्रश्नोत्तर गरेका थिए । कार्यक्रममा सोसाइटी फर नेपलिज प्रोफेशनल यूकेका पदाधिकारी तथा अन्य संघसंस्थाका प्रतिनिधिहरुले पनि चासोपूर्वक सक्रिय सहभागिता जनाएका थिए ।
कार्यक्रम अनौपचारिक भएपनि सोसाइटी अध्यक्ष शेखर वाग्लेले सबैलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्दै सहकार्यका लागि थप हौसला प्रदान गरेकामा टेवा अध्यक्ष डा. केसी र समन्वय तथा कार्यक्रमको सहजीकरण गरेकामा गजेन कटुवाललाई विशेष धन्यवाद दिए । वाग्लेले चांडै नै संस्थाले यसतर्फ पहल गर्ने वचनवद्धता समेत जाहेर गरेका थिए ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा