लण्डन । युवा जागरण अभियान नेपालले बेलायतका नेपालीलाई आफ्नो अभियानबारे अवगत गराउने भएको छ। नेपालमा पछिल्लो पटक देशव्यापी अभिमुखीकरण कार्यक्रम गरिरहेको उक्त सन्जालले आउंदो साता ७ अक्टोबर आईतवार लण्डन साउथ ह्यारोस्थित गोल्डेनसिप रेस्टुराँमा एक च्यारिटी लन्च गर्दै आफ्नो अभियानबारे जानकारी दिन लागेको संयोजक युवा बुद्धिजिवी चिन्तन पौडेलले बताए ।
चर्चित लोक गायक बिमल राज छेत्रीको गायन र दिवा भोज संगै कार्यक्रम गर्ने तयारी छ ।
पौडेलका अनुसार, नेपालको अर्थिक समृद्धि र सामाजिक बिकासमा टेवा पुर्याउने उद्देश्यका साथ काम गर्दै आएको युवा जागरण अभियानले देशभर विभिन्न नीतिगत अन्तरक्रिया, संवाद, बहस र छलफल लगायत अभिमुखीकरण कार्यक्रम गरि लक्षित वर्गमा उर्जा भर्ने काम गरेको छ ।
कुनै पनि राष्ट्र निर्माणको अभियानमा स्पष्ट नीति र कार्ययोजना सहितको ढांचाबाट नै सम्भव छ तर्सथ नेपालको अर्थिक नीति, सामाजिक बिकास बारे नीति, शैक्षिक नीति, स्वस्थ्य सेवा सम्बन्धि नीति लगायत बिषयमा नीति बहस चलाएर नीति कार्यपत्र तयार गर्दै छ ।
युवा जागरण अभियानले विभिन्न सामाजिक बिकासका योजनाहरुमा हातेमालो गर्दै ग्रामीण भेगमा कृषि क्रान्ति र शैक्षिक बिकासका क्षेत्रमा अग्रसर भइ नेपालमा नै बसौं बसौं बनाउने तर्फ अभियान सक्रिय रहेको छ । सानो-सानो परिवर्तनबाट राष्ट्र निर्माण सम्भव छ भन्ने अभिप्रायले अभियान मेची-महाकाली जोड्ने लक्ष्य बोकेर अग्रसर रहेको छ ।
सबैको हौसला, प्रेरणा, सहयोग र साथले अझै नयाँ शक्ति र उर्जा मिल्ने आशा पौडेलको छ ।
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
अस्ट्रियाकी मानवशास्त्रीको पुस्तक ‘तामाङ पोर्ट्रेट्स’ सार्वजनिक
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
विमल गुरुङ कृति पुरस्कारका लागि कृति आह्वान