
लन्डन । दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनले स्पोर्टस् च्यारिटी कार्यक्रम गरेको छ । १८ अगस्त २०१८ मा भएको च्यारिटीबाट संस्थाले ३ हजार १४२ पाउण्ड संकलन गर्न सफल भएको छ ।
कार्यक्रमबाट संकलित रकम संस्थाले किनेको भवनको ऋण तिर्न खर्च गर्ने, यस क्षेत्रमा डायमन्ड बुद्धिस्ट सेन्टरद्वारा अगाडि बढाइएको बौद्ध गुम्बा निर्माण अभियान र रोयल नेपलिज ग्रीनविच सोसाइटीले सञ्चालन गर्दै आएको बालबालिकाका लागि नेपाली भाषा पठनपाठनमा आर्थिक सहयोग गर्ने संस्थाका अध्यक्ष श्रीचन्द्र गुरुङले प्रतिवद्धता जनाए ।
शनिबार २९ सेप्टेम्बरमा संस्थाको भवनमा बसेको बैठकले संकलित रकमबाट २५० पाउण्डको दरले डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको गुम्बा खरिद र रोयल ग्रीनवीच नेपाली सोसाइटीद्वारा सञ्चालित नेपाली कक्षालाई जम्मा ५ सय पाउण्डको चेक दुबै संस्थाका अध्यक्षद्वय सुमलकुमार गुरुङ र हरिगोविन्द गुरुङलाई हस्तान्तरण गरेको छ ।
संस्थाका अध्यक्ष श्रीचन्द्र गुरुङको नेतृत्वमा संस्थाले आफ्नो उद्देश्य अनुरुप धेरै उदाहरणीय कार्य गर्दै आएको छ ।
वहुप्रतिक्षित संस्थाको भवन खरिद पश्चात द्रुत गतिमा च्यारिटीका कार्यक्रम गरेर भवनलाई ऋण मुक्त गर्ने दिशातर्फ संस्था लागेको छ ।
च्यारिटीमा बारबेक्यू लगायत अन्य नेपाली परिकार, पेय पदार्थ र मनोरन्जनात्मक खेलकुद व्यवस्था गरिएको थियो ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा