बेलायतमा मगर महिलाहरूले मनाए स्थापना दिवस

लण्डन । मगर महिला संघ युके केन्द्रीय समितिले २१औं स्थापना दिवस मनाएको छ ।

शनिबार अल्डरसटमा आयोजित सो कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष छबिमाया पुनमगरले गरेकी थिइन् भने प्रमुख अतिथिको रूपमा मगर संघ युके अध्यक्ष नेम थापामगर र विशिष्ट अतिथि संस्थाका संस्थापक अध्यक्ष हिमाली रानामगर थिए ।

त्यसैगरी गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष योग फगामीमगर, मगर संघ यूके अन्तर्गत मगर महिला समितिकी संस्थापक संयोजक तथा सल्लाहकार गोमा रानामगर, मगर संघ युकेका उपाध्यक्ष तथा सल्लाहकार अनिता रानामगरका साथै मगर संघ युके अन्तर्गत शाखा समितिका अध्यक्ष तथा प्रतिनिधिहरू, मगर बौद्ध समाज युकेका अध्यक्ष कृष्ण दर्लामीमगर, नेपाल मगर महिला संघ कास्कीकी संस्थापक अध्यक्ष तथा सल्लाहकार भुमाया थापा, मगर महिला संघ हङकङकी संस्थापक अध्यक्ष तथा सल्लाकार हरिकला थापा, अादिवासी जनजाति पत्रकार महास‌‍‌ङ्घ (फोनिज) युकेकी अध्यक्ष प्रमिला लाबुङ राई, एशियन महिला संघका अध्यक्ष अमिता बेल्बासे, मगर महिला संघ युकेका शाखा अध्यक्षहरुको उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रमको उट्घाटनपछि सोही संस्थाका वरिष्ठ उपाध्यक्ष बिष्णु शिरीसले स्वागत मन्तब्य दिइन् भने उपस्थित विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा मगर महिला दिदी बहिनीहरू देवी आलेमगर, नर्मती पुनमगर, गोमा रानामगर, शशिकला थापा सुब्बा साथै मिस युके नेपाल २०१६ की टेनिसा रानामगरले समय सान्दर्भिक कविताहरू वाचन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा मगर संघ युकेको स्थापना कालदेखि युकेमा रहेका मगर महिलाहरुलाई एकतावद्ध गराएर मगर संघलाई हरेक कार्यक्रममा साथ दिँदै आउने गोमा रानामगर र मगर महिला संघ युकेको स्थापनाका निम्ति अगुवाई गर्ने संस्थापक अध्यक्ष हिमाली रानामगरको योगदानलाई कदर गर्दै दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रमको दोश्रो चरणमा मगर महिला संघ वेम्ब्ली शाखाका सदस्य तथा नेपाली चलचित्र ‘कन्यादान’ र ‘तिलहरी’ जस्तो ठूलो पर्दामा बालकलाकारको रूपमा अभिनय गर्नु भएकी स्थानीय कलाकार रश्मिता दर्लामीमगर साथै नेपालबाट आएका चर्चित दोहोरी गायिका जुनु पुनमगर र जयालक्ष्मी छन्त्यालको प्रस्तुतिले कार्यक्रमको माहोल तताएको थियो । भब्यताका साथ मनाइएको कार्यक्रम सफलताका लागि युकेभरि छरिएर रहेका मगरहरूले सौजन्य गर्नु भएको थियो । 

सम्पूर्ण सौजन्यवापत आर्थिक सहयोग प्रदान गर्नुहुने महानुभावहरूलाई धन्यवाद दिँदै कार्यक्रममा भएको खर्च कटौती गरी बाँकी रकम मगर महिला उत्थान कोषमा जम्मा हुने महासचिव सरला रानामगरले बताइन् ।

कार्यक्रमको अन्तमा विभिन्न किसिमका प्रतिभा प्रस्तुत गर्ने दिदीबहिनीहरूलाई कदर पत्र र मगर महिला संघ स्वीन्डन शाखाका मगर महिला भलिबल खेलाडीहरूलाई रिडिंग कपमा तेस्रो स्थान र स्वीन्डन कपमा दोश्रो स्थान प्राप्त गर्न सफल भएको उपलक्ष्यमा प्रसंशा पत्र प्रदान गरिएको थियो । 

उक्त कार्यक्रम संचालन सोही संस्थाका महासचिव सरला रानामगर र सहकोषाध्यक्ष निर्मला थापामगरले गरेका  थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री