लण्डन । बेलायतमा आयोजित एक अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाली करांते खेलाडीहरुले ऐतिहासिक जित हासिल गरेका छन् ।
ब्रिटिश करांते फेडेरेसन (बिआईएफ) द्वारा आयोजित इन्टरनेसनल ओपन च्याम्पियनसिपमा ११ औं सागका स्वर्ण पदक विजेता विनोद शाक्यको टोलीले ऐतिहासिक जित हासिल गरेको हो ।
सेप्टेम्बर २२ र २३ मा बेलायतको लेस्टरमा सम्पन्न प्रतियोगितामा नेपालका लागि सोनाम लामाले ६० केजी तौल समूहमा कास्य पदक जिते । त्यस्तै, टिम फाईटमा सोनाम लामा, विप्लभलाल श्रेष्ठ र प्रशिक्षक तथा खेलाडी विनोद शाक्यको समूह उपविजेता बन्दै रजत पदक जित्न सफल भएको छ ।
६० केजी तौल समूहमा कास्य पदक जित्ने क्रममा सोनामले इंग्ल्याण्डका खेलाडीलाई हराउँदै सेमिफाईनल प्रवेश गरेका थिए । तर, स्कटलाण्डका खेलाडीसंग पराजित बनेपछि उनले कास्यमै चित बुझाउनु परेको थियो ।
त्यस्तै टिम फाईटमा नेपाली समूह इंग्ल्याण्डसंग थोरै अंकले पराजित भएपछि नेपाल रजतमै सिमित भएको हो ।
नेपालबाट रेफ्रीको भूमिकामा आएकी सिर्जना अधिकारी पनि सो प्रतियोगिताकै उत्कृष्ट रेफ्रीको रुपमा चयन हुन सफल भएकी छन् ।
च्याम्पियनसिपमा इंग्ल्याण्ड, वेल्स, नर्दन आयरल्याण्ड, स्कटल्याण्ड, ब्राजिल, पोर्चुगल, लाटभिया, आयरल्याण्ड, फिनल्याण्ड आदि एक दर्जन बढि देशका खेलाडीले भाग लिएका थिए । नेपाली टिम म्यानेजर राजेन्द्र दुलाल थिए ।
यसैबीच नेपालको लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय पदक जित्न सफल खेलाडीहरुलाई लण्डनमा सम्मान गरिने भएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघ बेलायतले खेलाडीहरुको सम्मानमा एक कार्यक्रम गर्ने तयारी गरिरहेको अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीले जनाए । नेपाली करांते खेलाडीहरु बेलायतमा आएर यो स्तरको अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नु ऐतिहासिक अवसर भएकोले खेलाडीहरुलाई बधाई र हौसलाका लागि सम्मान गर्न लागिएको अध्यक्ष क्षेत्रीले बताए ।
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे