लण्डन । बेलायतमा आयोजित एक अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाली करांते खेलाडीहरुले ऐतिहासिक जित हासिल गरेका छन् ।
ब्रिटिश करांते फेडेरेसन (बिआईएफ) द्वारा आयोजित इन्टरनेसनल ओपन च्याम्पियनसिपमा ११ औं सागका स्वर्ण पदक विजेता विनोद शाक्यको टोलीले ऐतिहासिक जित हासिल गरेको हो ।
सेप्टेम्बर २२ र २३ मा बेलायतको लेस्टरमा सम्पन्न प्रतियोगितामा नेपालका लागि सोनाम लामाले ६० केजी तौल समूहमा कास्य पदक जिते । त्यस्तै, टिम फाईटमा सोनाम लामा, विप्लभलाल श्रेष्ठ र प्रशिक्षक तथा खेलाडी विनोद शाक्यको समूह उपविजेता बन्दै रजत पदक जित्न सफल भएको छ ।
६० केजी तौल समूहमा कास्य पदक जित्ने क्रममा सोनामले इंग्ल्याण्डका खेलाडीलाई हराउँदै सेमिफाईनल प्रवेश गरेका थिए । तर, स्कटलाण्डका खेलाडीसंग पराजित बनेपछि उनले कास्यमै चित बुझाउनु परेको थियो ।
त्यस्तै टिम फाईटमा नेपाली समूह इंग्ल्याण्डसंग थोरै अंकले पराजित भएपछि नेपाल रजतमै सिमित भएको हो ।
नेपालबाट रेफ्रीको भूमिकामा आएकी सिर्जना अधिकारी पनि सो प्रतियोगिताकै उत्कृष्ट रेफ्रीको रुपमा चयन हुन सफल भएकी छन् ।
च्याम्पियनसिपमा इंग्ल्याण्ड, वेल्स, नर्दन आयरल्याण्ड, स्कटल्याण्ड, ब्राजिल, पोर्चुगल, लाटभिया, आयरल्याण्ड, फिनल्याण्ड आदि एक दर्जन बढि देशका खेलाडीले भाग लिएका थिए । नेपाली टिम म्यानेजर राजेन्द्र दुलाल थिए ।
यसैबीच नेपालको लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय पदक जित्न सफल खेलाडीहरुलाई लण्डनमा सम्मान गरिने भएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघ बेलायतले खेलाडीहरुको सम्मानमा एक कार्यक्रम गर्ने तयारी गरिरहेको अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीले जनाए । नेपाली करांते खेलाडीहरु बेलायतमा आएर यो स्तरको अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नु ऐतिहासिक अवसर भएकोले खेलाडीहरुलाई बधाई र हौसलाका लागि सम्मान गर्न लागिएको अध्यक्ष क्षेत्रीले बताए ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा