लण्डन । अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत डा. दुर्गा बहादुर सुवेदी संगठनको प्रवर्द्धन तथा बजार विकास समितिको अध्यक्षमा निर्वाचित भएका छन्।
२१ सेप्टेम्वर २०१८ मा लण्डनमा सम्पन्न १२२ औं अधिवेशनले डा. सुवेदीलाई संगठनको उक्त महत्वपूर्ण पदमा निर्वाचित गरेको हो । सन् २०१९-२० का लागि कमिटीको अध्यक्षमा निर्वाचित सुवेदी यस अघि मेक्सिकोमा सम्पन्न १२१ औं अधिवेशनमा सो समितिको उपाध्यक्षमा निर्वाचित भएका थिए ।
उक्त अधिवेशनले नेपाललाई संगठनको मूल समिति र तत्थ्याङ्क समितिको कार्यकारी सदस्य पदमा समेत निर्वाचित गरेको छ ।
राजदूत डा. सुवेदीको नेतृत्वमा सम्पन्न अधिवेशनका लागि नेपाली प्रतिनिधिमण्डलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह-सचिव तोयनारायण ज्ञवाली, राष्ट्रिय चिया तथा कफी विकास वोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उप-सचिव बुद्धिप्रसाद उपाध्याय, नेपाली राजदूतावासका काउन्सेलर शरदराज आरण, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकृत लक्ष्मण पोखरेल, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका सल्लाहकार डा. बद्रीप्रसाद बस्ताकोटी र नेपाली दूतावासका तृतीय सचिव भूपेन्द्रप्रसाद घिमिरे सदस्य थिए।
नेपाली प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय कफी संगठनका अध्यक्ष महामहिम एली टुर, कफी उत्पादक राष्ट्रहरुको समूह संयोजक तथा प्रवक्ता एवं संगठनका लागि ब्राजिलका स्थायी प्रतिनिधि महामहिम हर्मानो रिबेइरोसँग शिष्टाचार भेट गरी अन्तर्राष्ट्रिय कफी संगठनमा कफी उत्पादक राष्ट्रहरुको हक, हित र कल्याण एवं नेपालको कफी उत्पादन र बजार प्रवर्दन तथा संगठनमा नेपालको सक्रिय सहभागिता सम्बन्धमा द्धिपक्षीय वार्ता गरेको थियो।
उक्त अधिवेशन अवधिभर नेपाली दूतावासले नेपाली कफी सम्बन्धी प्रचार प्रसार र सामग्री वितरण गर्न अधिवेशनस्थलमा स्टल राखेको थियो। अधिवेशनको औपचारिक उद्धाटनका दिन नेपाली दूतावासले नेपाली कफी रिसेप्सन आयोजना गरेको थियो।
सन् २०१७ मा मात्र संगठनको पूर्ण सदस्यता प्राप्त गरेको नेपालले डेढ वर्षभित्र उक्त संगठनमा प्राप्त गरेको सफलतालाई संगठनका सदस्य राष्ट्रहरुले महत्वपूर्ण उपलब्धीका रुपमा लिएका छन्।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश