
लन्डन, ९ असोज – क्रोएसियाका कप्तान एवं स्पेनी क्लब रियल म्याड्रिडका फुटबल खेलाडी लुका मोड्रिचले पोर्चुगलका क्रिस्टीयानो रोनाल्डो र इजिप्टका मोहमद सलाहलाई पछि पार्दै पुरुषतर्फको फिफा वर्ष खेलाडीको उपाधि जित्नुभएको छ ।
गोल डट कमका अनुसार ३३ वर्षीय क्रोएसियाली खेलाडी मोड्रिचले २०१८ को विश्वकप फुटबलमा आफ्नो देशलाई फाइनलसम्म पुरयाउन महत्वपूर्ण योगदान गर्नुभएको थियो । साथै स्पेनी क्लब रियल म्याड्रिडले चारपटक युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा विजयी हुँदा उहाँ क्लबका महत्वपूर्ण सदस्य रहनुभएको थियो ।
मोड्रिचले विश्वकपमा गोल्डेन बल (सुनौलो भकुन्डो) जित्नुका साथै गत महिना युरोपेली सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो ।
लिभरपुल क्लबबाट खेल्ने इजिप्टका मोहमद सलाहले उत्कृष्ट गोलका लागि पुस्कास अवार्ड प्राप्त गर्नुभयो । फ्रान्सलाई विश्वकप जिताउन टोलीको व्यवस्थापन गर्ने डिडियर डेस्चाम्पलाई वर्षका उत्कृष्ट कोच (प्रशिक्षक) को उपाधि प्रदान गरियो ।
साथै बेल्जियमका गोलरक्षक थिबट कोर्टोइसले फिफा गोलकिपरको उपाधि जित्नुभयो ।
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे