लण्डन । पहिलो पटक बेलायतमा प्रदर्शन गरिएको मिलन चाम्स निर्देशित चलचित्र ‘बोबी’ दर्शकले औधि रुचाएका छन् ।
एमपायर हल अल्डरसटमा आइतवार देखाइएको उक्त सिनेमा हेर्न हजार बढि दर्शक आएको मेकअप आर्टिस्ट तथा फिल्म शो आयोजक बिना राईले जनाइन् । बेलायतका अन्य शहरमा समेत फिल्म सो गर्ने योजना उनको छ।
बेलायतबासी बिना पछिल्लो पटक सिनेमातिर पनि ब्यस्त छन् । उनले चाम्सकै अघिल्लो फिल्म ‘लिलीबिली’ मा मेकअप आर्टिस्टको भूमिका निभाएकी थिइन् । अचेल उनी आफ्नो सौन्दर्य पेसा ‘अपग्रेड’ गर्न अध्ययनमा पनि ब्यस्त छन् ।
निर्देशक मिलन चाम्सले उक्त फिल्म नेपाली चलचित्र इतिहासमै पहिलो पटक विदेशमा बढि दर्शकको उपस्थितिमा प्रदर्शन भएको दाबी गर्दै खुशी ब्यक्त गरेका छन् । निर्देशक र कलाकार शोमा भने सहभागी थिएनन् ।
‘बोबी’ वास्तविक प्रेम कथामा वास्तविक प्रेमी जोडीले नै अभिनय गरेको चलचित्र हो । कविता गुरुङ र उमेश थापाको वास्तविक प्रेम कथामा बनेको चलचित्र ‘बोबी’ नेपाल र नर्वेको रमणिय स्थलमा छायांकन गरिएको छ ।
नरेश भटटराई र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको चलचित्र ‘बोबी’ मा कविता गुरुङ, उमेश थापा, विजय लामा, रुवी राणा शाह लगायतको अभिनय छ ।
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे