लण्डन । पहिलो पटक बेलायतमा प्रदर्शन गरिएको मिलन चाम्स निर्देशित चलचित्र ‘बोबी’ दर्शकले औधि रुचाएका छन् ।
एमपायर हल अल्डरसटमा आइतवार देखाइएको उक्त सिनेमा हेर्न हजार बढि दर्शक आएको मेकअप आर्टिस्ट तथा फिल्म शो आयोजक बिना राईले जनाइन् । बेलायतका अन्य शहरमा समेत फिल्म सो गर्ने योजना उनको छ।
बेलायतबासी बिना पछिल्लो पटक सिनेमातिर पनि ब्यस्त छन् । उनले चाम्सकै अघिल्लो फिल्म ‘लिलीबिली’ मा मेकअप आर्टिस्टको भूमिका निभाएकी थिइन् । अचेल उनी आफ्नो सौन्दर्य पेसा ‘अपग्रेड’ गर्न अध्ययनमा पनि ब्यस्त छन् ।
निर्देशक मिलन चाम्सले उक्त फिल्म नेपाली चलचित्र इतिहासमै पहिलो पटक विदेशमा बढि दर्शकको उपस्थितिमा प्रदर्शन भएको दाबी गर्दै खुशी ब्यक्त गरेका छन् । निर्देशक र कलाकार शोमा भने सहभागी थिएनन् ।
‘बोबी’ वास्तविक प्रेम कथामा वास्तविक प्रेमी जोडीले नै अभिनय गरेको चलचित्र हो । कविता गुरुङ र उमेश थापाको वास्तविक प्रेम कथामा बनेको चलचित्र ‘बोबी’ नेपाल र नर्वेको रमणिय स्थलमा छायांकन गरिएको छ ।
नरेश भटटराई र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको चलचित्र ‘बोबी’ मा कविता गुरुङ, उमेश थापा, विजय लामा, रुवी राणा शाह लगायतको अभिनय छ ।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक