लण्डन । लण्डनस्थित नेपाली दूताबासमा बिहीवार बिशेष समारोहबीच संविधान दिवस मनाइएको छ । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्ष प्रवेश गरेको अवसरमा संविधान दिवस (नेसनल डे) मनाइएको हो ।
समारोहका प्रमुख अतिथि थिए ब्रिटिश राजपरिवारका सदस्य प्रिन्स माइकेल अफ केन्ट । सम्वोधनका क्रममा प्रमुख अतिथि प्रिन्स माइकेलले दुई शताब्दी पुरानो नेपाल ब्रिटेन सम्बन्ध राजनीतिक, सैनिक, शिक्षा, संस्कृति लगायत बहुआयामिक रहेको बताए ।
एसियाली बालबालिकाको हितका लागि काम गर्ने एक कल्याणकारी संस्था ‘केयर फर चिल्ड्रेन’ को प्रमुख संरक्षकको हैसियतमा आफूले छिट्टै नेपालको भ्रमण गर्ने आशा पनि उनले व्यक्त गरे ।
उनले सर राल्फ टर्नरले गोर्खा सैनिकहरु संसारमै साहसीहरुमध्ये सबैभन्दा साहसी तथा बेलायतका सबैभन्दा विश्वासी मित्रहरु भनेको स्मरण पनि गरेका थिए ।
बेलायतकालागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने व्यवस्था गरेको उल्लेख गरे ।
राजदूत सुवेदीले गोर्खा सैनिक सम्बन्धले नेपाल तथा बेलायतबीचको सम्बन्ध अरु सृदृढ बनाएको बताए । उनले भूगोलले टाढा भएपनि गौरवपूर्ण सभ्यता भएका दुबै देशबीच थुप्रै समानता रहेको बताए ।
राजदूतले बेलायतमा एक लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको र दुबै देशबीचको सम्बन्ध अरु नजीक तुल्याउन नेपाली डायस्पोराले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको समेत बताए ।
ब्रिटिश, नेपाली तथा अन्य गरी करिब ५ सय सहभागी कार्यक्रममा प्रिन्स माइकेलले नेपाल सम्बन्धि चित्रकला प्रदर्सनी समुदघाटन गरे भने सो अबसरमा विविध मौलिक नाच प्रस्तुत गरिएको थियो। गोर्खा ब्रिगेड ब्यान्डका सदस्यहरुले खुकुरी नाच प्रस्तुत गरेका थिए ।
कार्यक्रम दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सन्चालन गरेका थिए ।
सङ्घीयता, गणतन्त्र, लोकतान्त्रिक विधिको शासन, संविधानवाद, संसदीय शासन प्रणाली नेपालको संविधानले अङ्गीकार गरेका मुख्य विषय हुन् ।
तस्बिरहरु- मिलन तमु
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने