लण्डन । लण्डनस्थित नेपाली दूताबासमा बिहीवार बिशेष समारोहबीच संविधान दिवस मनाइएको छ । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्ष प्रवेश गरेको अवसरमा संविधान दिवस (नेसनल डे) मनाइएको हो ।
समारोहका प्रमुख अतिथि थिए ब्रिटिश राजपरिवारका सदस्य प्रिन्स माइकेल अफ केन्ट । सम्वोधनका क्रममा प्रमुख अतिथि प्रिन्स माइकेलले दुई शताब्दी पुरानो नेपाल ब्रिटेन सम्बन्ध राजनीतिक, सैनिक, शिक्षा, संस्कृति लगायत बहुआयामिक रहेको बताए ।
एसियाली बालबालिकाको हितका लागि काम गर्ने एक कल्याणकारी संस्था ‘केयर फर चिल्ड्रेन’ को प्रमुख संरक्षकको हैसियतमा आफूले छिट्टै नेपालको भ्रमण गर्ने आशा पनि उनले व्यक्त गरे ।
उनले सर राल्फ टर्नरले गोर्खा सैनिकहरु संसारमै साहसीहरुमध्ये सबैभन्दा साहसी तथा बेलायतका सबैभन्दा विश्वासी मित्रहरु भनेको स्मरण पनि गरेका थिए ।
बेलायतकालागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने व्यवस्था गरेको उल्लेख गरे ।
राजदूत सुवेदीले गोर्खा सैनिक सम्बन्धले नेपाल तथा बेलायतबीचको सम्बन्ध अरु सृदृढ बनाएको बताए । उनले भूगोलले टाढा भएपनि गौरवपूर्ण सभ्यता भएका दुबै देशबीच थुप्रै समानता रहेको बताए ।
राजदूतले बेलायतमा एक लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको र दुबै देशबीचको सम्बन्ध अरु नजीक तुल्याउन नेपाली डायस्पोराले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको समेत बताए ।
ब्रिटिश, नेपाली तथा अन्य गरी करिब ५ सय सहभागी कार्यक्रममा प्रिन्स माइकेलले नेपाल सम्बन्धि चित्रकला प्रदर्सनी समुदघाटन गरे भने सो अबसरमा विविध मौलिक नाच प्रस्तुत गरिएको थियो। गोर्खा ब्रिगेड ब्यान्डका सदस्यहरुले खुकुरी नाच प्रस्तुत गरेका थिए ।
कार्यक्रम दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सन्चालन गरेका थिए ।
सङ्घीयता, गणतन्त्र, लोकतान्त्रिक विधिको शासन, संविधानवाद, संसदीय शासन प्रणाली नेपालको संविधानले अङ्गीकार गरेका मुख्य विषय हुन् ।
तस्बिरहरु- मिलन तमु
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा