लन्डन । मिस नेपाल श्रृंखला खतिवडा मंगलबार सांझ लन्डन आइपुगेकी छन् । श्रृंखला अल्डरसटस्थित प्यालेसमा शुक्रबार (२१ सेप्टेम्बर) सांझ आफ्नै प्रोजेक्टका लागि गर्न लागिएको च्यारिटी डिनरमा सहभागी हुन पहिलो पटक यूके आएकी हुन् ।
श्रृंखलाले बिमानस्थलमा आफ्नो यात्रा सुखद रहेको बताउँदै यूके आउने यसअघि कहिल्यै नसोचेको बताइन् । ‘एउटा पवित्र कामको लागि यूके आउन पाएं, खुशी छु’, उनले भनिन्- ‘मलाई सबैले साथ दिनुहुने आशा छ ।’
आमाका साथ यहाँ आएकी उनलाई स्वागत गर्न आयोजक र अन्य शुभचिन्तक हिथ्रो बिमानस्थल पुगेका थिए । सिग्नेचर ग्रुप र हयाब अ मोमेन्टले शुक्रबार च्यारिटी डिनर गर्दैछन् ।
आउंदो डिसेम्बरमा मिस वोर्ल्डका लागि नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेकी श्रृंखलालाई उक्त प्रतियोगितामा ‘ब्यूटी वीथ अ परपोज’ सेग्मेन्टमा एउटा च्यारिटी काम देखाए ‘प्लस पोइन्ट’ हुन्छ । त्यसैले मकवानपुरको दुर्गम कैलाश गाउंपालिका-७ मा हेल्थ पोस्ट बनाउने उनको योजना छ र यसैका लागि आर्थिक संकलन गर्न यूके आएकी हुन् उनी ।
पेशाले आर्किटेक्ट उनी शुरुमा आफ्नै गृहजिल्ला मकवानपुरको चेपांग समुदायका लागि भवन निर्माण गर्न चाहन्थिन् । तर, जब उनी मकवानपुरको कैलाश गाउंपालिका ७ पुगिन्, त्यहांको दयनीय स्वास्थ्य सेवा, बालबालिकामा कुपोषण र सामान्य हेल्थ एण्ड हाइजिन समेत नहुंदा उनी विक्षिप्तमात्र भइनन्, मन पनि एकाएक परिवर्तन भयो ।
सामान्य रुघाखोकी र झाडा पखला लागेपनि ५ घण्टा पैदल हिंडेर उपचार गर्न जानुपर्ने गाउंलेको वाध्यता देखेर उनले त्यहां एउटा हेल्थ पोस्ट बनाउने निर्णय गरि अहिले श्रृंखला त्यसैका लागि आर्थिक संकलनमा जुटेकी छन् ।
श्रृंखलाले आफ्नो अभियानमा साथ दिन अपिल गर्दै शुक्रबार हुने च्यारिटीमा सहभागी भइ सहयोग गर्न बेलायतवासी सबैमा अनुरोध गरेकी छन् ।
तस्बिर- शंकर श्रेष्ठ
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’