लन्डन । मिस नेपाल श्रृंखला खतिवडा मंगलबार लन्डन उत्रने भएकी छन् । उनको पहिलो यूके भ्रमणको खास उद्देश्य च्यारिटीसंग सम्बन्धित छ । अल्डरसटस्थित प्यालेसमा २१ सेप्टेम्बर सांझ आफ्नै प्रोजेक्टका लागि गर्न लागिएको च्यारिटी डिनरमा आउन लागेकी हुन् उनी । सिग्नेचर ग्रुप र हयाब अ मोमेन्टले संयुक्त रुपमा च्यारिटी डिनर आयोजना गर्दैछन् ।
आउंदो डिसेम्बरमा मिस वोर्ल्डका लागि नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेकी श्रृंखलालाई उक्त प्रतियोगितामा ब्यूटी वीथ अ परपोज सबटाइटिलबाट धेरै ठूलो आशा छ । पेशाले आर्किटेक्ट उनी शुरुमा आफ्नै गृहजिल्ला मकवानपुरको चेपांग समुदायका लागि भवन निर्माण गर्न चाहन्थिन् । तर, जब उनी मकवानपुरको कैलाश गाउंपालिका ७ पुगिन्, त्यहांको दयनीय स्वास्थ्य सेवा, बालबालिकामा कुपोषण र सामान्य हेल्थ एण्ड हाइजिन समेत नहुंदा उनी विक्षिप्तमात्र भइनन्, मन पनि एकाएक परिवर्तन भयो । सामान्य रुघाखोकी र झाडा पखला लागेपनि ५ घण्टा पैदल हिंडेर उपचार गर्न जानुपर्ने गाउंलेको वाध्यता देखेर उनले त्यहां एउटा हेल्थ पोस्ट बनाउने निर्णय गरि अहिले श्रृंखला त्यसैका लागि आर्थिक संकलनमा जुटेकी छन् ।
श्रृंखलाले आफ्नो अभियानमा साथ दिन अपिल गर्दै शुक्रबार हुने च्यारिटीमा सहभागी भइ सहयोग गर्न बेलायतवासी सबैमा अनुरोध गरेकी छन् ।
उनको अपिल भिडियोमा-
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]