लन्डन । मिस नेपाल श्रृंखला खतिवडा मंगलबार लन्डन उत्रने भएकी छन् । उनको पहिलो यूके भ्रमणको खास उद्देश्य च्यारिटीसंग सम्बन्धित छ । अल्डरसटस्थित प्यालेसमा २१ सेप्टेम्बर सांझ आफ्नै प्रोजेक्टका लागि गर्न लागिएको च्यारिटी डिनरमा आउन लागेकी हुन् उनी । सिग्नेचर ग्रुप र हयाब अ मोमेन्टले संयुक्त रुपमा च्यारिटी डिनर आयोजना गर्दैछन् ।
आउंदो डिसेम्बरमा मिस वोर्ल्डका लागि नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेकी श्रृंखलालाई उक्त प्रतियोगितामा ब्यूटी वीथ अ परपोज सबटाइटिलबाट धेरै ठूलो आशा छ । पेशाले आर्किटेक्ट उनी शुरुमा आफ्नै गृहजिल्ला मकवानपुरको चेपांग समुदायका लागि भवन निर्माण गर्न चाहन्थिन् । तर, जब उनी मकवानपुरको कैलाश गाउंपालिका ७ पुगिन्, त्यहांको दयनीय स्वास्थ्य सेवा, बालबालिकामा कुपोषण र सामान्य हेल्थ एण्ड हाइजिन समेत नहुंदा उनी विक्षिप्तमात्र भइनन्, मन पनि एकाएक परिवर्तन भयो । सामान्य रुघाखोकी र झाडा पखला लागेपनि ५ घण्टा पैदल हिंडेर उपचार गर्न जानुपर्ने गाउंलेको वाध्यता देखेर उनले त्यहां एउटा हेल्थ पोस्ट बनाउने निर्णय गरि अहिले श्रृंखला त्यसैका लागि आर्थिक संकलनमा जुटेकी छन् ।
श्रृंखलाले आफ्नो अभियानमा साथ दिन अपिल गर्दै शुक्रबार हुने च्यारिटीमा सहभागी भइ सहयोग गर्न बेलायतवासी सबैमा अनुरोध गरेकी छन् ।
उनको अपिल भिडियोमा-
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
मानवसेवा आश्रम युकेको साधारणसभा जुलाई १९मा
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन