लण्डन । नेपालबाट बेलायत भ्रमणमा आएका पत्रकारहरुसित युकेमा कार्यरत पत्रकारहरुले अनुभव साटासाट गरेका छन् ।
कान्तिपुर दैनिकका अनलाइन सम्पादक खिम घले, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजक रामकृष्ण ज्ञवाली, नेपाल प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेल र कान्तिपुरका टीकाराम तामाङले युकेमा कार्यरत पत्रकारहरुसित आफ्ना अनुभव साटेका थिए ।
नेपाल पत्रकार महासंघ युके शाखा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युके शाखा, नेपाल प्रेस युनियन युके शाखा र एभरेष्ट टाइम्स साप्ताहिकले शनिबार अल्डरसटमा संयुक्त रुपमा सो कार्यक्रमको आयोजना गरेका थिए ।
कार्यक्रममा घलेले नेपालमा अनलाइनहरुको संख्या बढ्नुमा विदेशमा बस्ने नेपालीहरुको समेत भूमिका रहेको बताए । उनले नेपालमा यसै महिनादेखि लागू भएको मुलुकी ऐनले पुलिसलाई प्रयोग गरेर प्रेसलाई दुःख दिनसक्ने खतरा रहेको संकेत गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ज्ञवालीले महासंघले अहिले सदस्यता शुद्धिकरणको अभियान चलाएको जानकारी दिँदै युकेमा पनि त्यसैअनुसार गर्न आग्रह गरे । नेपालमा मिसन पत्रकारिताको युग सकिएको बताउँदै उनले अबको पत्रकारिता ब्यवसायिक हुनैपर्ने बाध्यता उल्लेख गरे ।
फोनिजका डण्ड गुरुङले नेपालमा टेलिभिजन पत्रकारिताको चर्चा गर्दै सोसल मिडिया अहिले टेलिभिजनको दर्शकसम्म पुग्ने सबैभन्दा ठूलो ‘प्लाटफर्म’ बनेको बताए ।
नेपाल प्रेस युनियनका पौडेलले युकेका पत्रकारहरुलाई धेरैवटा मिडिया खोलेर आंशिक पत्रकारिता गर्नुभन्दा सामूहिक लगानीमा एउटै मिडिया चलाएर पूर्णकालिन बन्न सुझाव दिए ।
अर्का पत्रकार तामाङले समाचार संकलन गर्दा तथ्यमा जोड दिन सल्लाह दिए ।
नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षता र महासचिव सञ्जयभक्त कँडेलको संचालनमा भएको सो कार्यक्रममा एभरेष्ट टाइम्स प्रालिका अध्यक्ष मेजर रिटायर्ड कुलबहादुर थापाले स्वागत मन्तब्य दिएका थिए ।
कार्यक्रममा नेपालबाट आएका पत्रकारहरुलाई नेपाल पत्रकार महासंघका तर्फबाट अध्यक्ष खपाङ्गीमगर, फोनिज युकेका अध्यक्ष प्रमिला लाबुङ राई र नेपाल प्रेस युनियन युकेका संयोजक विपिन निरौलाले खादा लगाई स्वागत गरे ।
आइतबार नेपाल फर्कन लागेका पत्रकार ज्ञवाली र पौडेललाई एभरेष्ट टाइम्सका अध्यक्ष थापामगर र तमुधिँ युकेका अध्यक्ष ज्ञाम गुरुङले विदाइ गरे ।
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ