
लन्डन । लन्डन साउथहलस्थित विश्व हिन्दू मन्दिरमा नेपाली नारीहरुले आफ्नो महान पर्व हरितालिका तीज उल्लासमय वातावरणमा मनाएका छन् । विश्व हिन्दू महासंघ बेलायत च्याप्टर र पशुपतिनाथ सनातन मन्दिर बेलायतको संयुक्त आयोजनामा तीज पर्व आयोजना गरिएको हो । बिहान दश देखि सांझ ६ बजेसम्म चलेको कार्यक्रममा महिलाहरु पूजा र तीज गीतमा नाचगान गरि रमाइलो गरे ।
कार्यक्रम आयोजनाका लागि सक्रिय एनआरएनए यूके धर्म विभाग संयोजक होमनाथ पौडेलका अनुसार पर्वमा राजदूत पत्नि पुनम लक्ष्मीसहित करिब तीन सय महिला सहभागी थिए ।
विभिन्न ५ चरणमा पूजा गराइएको थियो । पण्डितहरु गोबिन्द नेपाल, चिरन्जिवी ढकाल, दुर्गाप्रसाद पोख्रेल, शेखर काफ्ले, नारायण गाउंले र होमनाथ पौडेलले पूजाआजा गराएका थिए ।
सो अवसरमा उत्कृष्ट नृत्य गर्ने र पोशाक एवं गरगहना लगाउनेलाई मिस/मिसेस तीजको उपाधि सहित पुरस्कार पनि प्रदान गरियो ।
सो अबसरमा गायक बिमल राज छेत्रीले सहभागीलाई खुब नचाए ।
बेलायतका अन्य शहर लन्डन प्लमस्टिडको पशुपतिनाथ मन्दिर, अल्डरसटस्थित शिव कल्चर सेन्टरमा पनि तीज विशेष कार्यक्रम गरिएको छ ।
नेपालमा पनि धुमधामसंग मनाइयो तीज । तीजका दिन सक्नेले निराहार, नसक्नेले जलाहार र फलाहार गरी व्रत बस्ने परम्परा छ । कति भक्तजनले आजै हरितालिकाको पूजा लगाउंछन् । पूजा नलगाउनेले भाद्र शुक्ल चौंथीका दिन बिहान गोदान र पूर्णपात्र गरेपछि व्रत समापन हुन्छ ।
विवाहित नारीले पारिवारिक कल्याण एवं सुख शान्ति, अविवाहितले सुयोग्य वरको कामना गरी व्रत बस्ने परम्परा सत्य युगदेखि नै चली आएको धार्मिक विश्वास छ । यो व्रत सर्वप्रथम हिमालय पुत्री पार्वतीले गरी महादेव स्वामी पाएको पौराणिक कथन छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’