
लन्डन । तमु समाज युके आमा समूहले विगतझैं यसपटक पनि गत ८ सेप्टेम्बर शनिबार लेडिज नाइट तथा हरितालिका तीज कार्यक्रम गरेको छ । लन्डन वेम्ली नजिक बरहाम पार्कस्थित तमु समाज युके नेपलिज कम्युनिटी सेन्टरमा कार्यक्रम भएको हो ।
कार्यक्रममा दिदीबहिनीले नाचगान र एकापसमा शुभकामना आदानप्रदान गरेर नेपाली नारीको महान पर्व उल्लासमय वातावरणमा तीज मनाए । तमु समाज युके आमा समूहकी अध्यक्ष बिन्दु घलेको अध्यक्षता र लन्डन बरो अफ हयारो मेयर काउन्सिलर करीमा मरिकरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लण्डन वरपरका नेपाली नारीहरुको उपस्थिति थियो ।
तीज कार्यक्रम सञ्चालन तमु समाज युकेका सांस्कृतिक सचिव सरु गुरुङ रानाले गरेकी थिइन् भने हेल्थ एण्ड सेफटीबारे तमु समाज युकेकी निवर्तमान उपाध्यक्ष बिजु गुरुङले जानकारी गराएकी थिइन् ।
आमा समूहकी अध्यक्ष बिन्दु घले, प्रमुख अतिथि लण्डन बरो अफ हयारो मेयर काउन्सिलर करीमा मरिकर, तमु समाज युकेकी निवर्तमान उपाध्यक्ष बिजु गुरुङ र आमा समूहकी निवर्तमान उपाध्यक्ष माया गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरि उद्घाटन गरिएको लेडिज नाइट तथा तीज विशेष कार्यक्रममा तमु समाज युके आमा समूह, हातेमालो आमा समूह युकेका आमा, दिदी बहिनीहरु र अन्य संघ संस्थाका महिला प्रतिनिधिको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रममा तमु समाज युके आमा समूहकी उपाध्यक्ष मथुरा गुरुङले स्वागत र अध्यक्ष बिन्दु घलेले धन्यवाद मन्तब्य राखेका थिए । त्यसैगरि लन्डन बरो अफ हयारोकी मेयर कउन्सिलर करीमा मरिकरले प्रमुख अतिथिको रुपमा सहभागी हुन पाउंदा अत्यन्तै खुशी र गर्व अनुभूति व्यक्त गर्दै उपस्थित सबैलाई हरितालिका तीजको शुभकामना सहित धन्यवाद दिइन् । मरिकरले समाजको विकास र उत्थानमा महिलाहरुको महत्वपूर्ण भूमिका हुने बताउंदै नारी सशक्तिकरणकाबारेमा पनि प्रकाश पारेकी थिइन् ।
औपचारिक कार्यक्रमपछि सांस्कृतिक सचिव सरु गुरुङ रानाको एकल नृत्यबाट लेडिज नाइट आरम्भ भएको थियो । लेडिज नाइट तथा तीज विशेष नृत्य कार्यक्रमको अन्तिम चरणमा गत वर्ष (२०१७) की उत्कृष्ट नृत्याङगना पुजा गुरुङ र २०१६ तीजको उत्कृष्ट नृत्याङगना बिना गुरुङले एकल नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न किसिमका आकर्षक पुरस्कारहरुको राफल ड्र, तीजको दर खाने पिउने र संगै सल्लाहकार प्रेम गुरुङको तीज विशेष डिजेमा अपरान्हदेखि राती अबेरसम्म सहभागी छमछम नाचेर भरपुर मनोरन्जन गरेका थिए ।
तीज नृत्यमा उत्कृष्ट नृत्यांगनाहरु पुरस्कृत पनि भए । उत्कृष्ट नाचेर पुरस्कृत हुनेमा रितु गुरुङ प्रथम, सइन्द्र केसी द्वितिय, स्मिता गुरुङ तृतीय, किरन थापा गुरुङ चौंथो, मनिशा राई पांचौं, नानी माया थापा छैटौं, लिल कुमारि गुरुङ सातौं र काया गुरुङ आठौं भए ।
उत्कृष्ट नृत्याङ्गनालाई ताज, नटराजको प्रतिमा र लन्डन फेसन हाउसकी मनिषा डंगोलले प्रयोजन गरेको प्रथम पुरस्कार दिइयो ।
अन्य पुरस्कृत भएका नृत्यांगनालाई विभिन्न सदस्य तथा अतिथिले प्रायोजन गरेका पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरि राफल ड्रको थुप्रै पुरस्कार पनि विभिन्न सदस्यले स्वस्फूर्तरुपमा प्रायोजन गरेका थिए ।
कार्यक्रममा तमु समाज युकेका खेलकुद सचिव तथा खाद्य संयोजक हरिमान गुरुङको संयोजनमा कार्यसमितिका स्वयंसेवक सदस्य तथा सल्लाहकारहरुले सेलरोटी, मिनरल वाटरसहित अन्य पेय पदार्थ र आर्थिक रकम प्रायोजन गरेका थिए ।
उक्त कार्यक्रमको भिडियोग्राफी बिबिएम वल्ड टिभी र फोटोग्राफी ओमकार गुरुङले गरेका थिए । दिउसो १ बजे सुरु भएको लेडिज नाइट तथा तीज कार्यक्रम राती ११ बजे अन्त भएको थियो ।
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला