
लण्डन । बेलायतबाट प्रकाशित नेपाली भाषाको साप्ताहिक पत्रिका एभरेष्ट टाइम्स साप्ताहिकले दशौँ वार्षिकोत्सव मनाएको छ ।
अल्डरसटस्थित एम्पाएर बाँक्वेटिङ हलमा आयोजित सो वार्षिकोत्सवमा नेपालमा कार्यरत अपांग महिला पत्रकारहरुका लागि सहयोग संकलन समेत गरिएको थियो ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमको अध्यक्षता एभरेष्ट टाइम्सका अध्यक्ष मेजर रिटायर्ड कुलबहादुर थापामगरले गरेका थिए ।
कार्यक्रममा एनआरएनएन आइसिसीका उपाध्यक्ष कुल आचार्य, एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी मगर, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, कान्तिपुर दैनिकका अनलाइन सम्पादक खिम घले, आदिवासी जनजाति पत्रकार महासंघ युकेकी अध्यक्ष प्रमिला लाबुङ राई लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा एभरेष्ट टाइम्सका लेखकहरु, विज्ञापनदाताहरु, एभरेष्ट टाइम्सलाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । एभरेष्ट टाइम्सका प्रवन्ध निर्देशक दुतबहादुर पुनले संचालन गरेको कार्यक्रममा डा. मिलन ज्ञवालीले स्वागत मन्तब्य दिएका थिए भने संस्थापक सम्पादक हरिकुमार गुरुङ ‘काजी’ले एभरेष्ट टाइम्सका विगत वर्तमानका बारेमा प्रकाश पारेका थिए । पाठकका तर्फबाट जय गुरुङले अनुभव व्यक्त गरेका थिए भने सम्पादक लीलामान शेरपुञ्जाले शेयरहोल्डरहरुको परिचय गराएका थिए । उपसम्पादक उमेश मोक्तानले च्यारिटीका बारेमा जानकारी दिएका थिए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’