
लण्डन । बेलायतबाट प्रकाशित नेपाली भाषाको साप्ताहिक पत्रिका एभरेष्ट टाइम्स साप्ताहिकले दशौँ वार्षिकोत्सव मनाएको छ ।
अल्डरसटस्थित एम्पाएर बाँक्वेटिङ हलमा आयोजित सो वार्षिकोत्सवमा नेपालमा कार्यरत अपांग महिला पत्रकारहरुका लागि सहयोग संकलन समेत गरिएको थियो ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमको अध्यक्षता एभरेष्ट टाइम्सका अध्यक्ष मेजर रिटायर्ड कुलबहादुर थापामगरले गरेका थिए ।
कार्यक्रममा एनआरएनएन आइसिसीका उपाध्यक्ष कुल आचार्य, एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी मगर, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, कान्तिपुर दैनिकका अनलाइन सम्पादक खिम घले, आदिवासी जनजाति पत्रकार महासंघ युकेकी अध्यक्ष प्रमिला लाबुङ राई लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा एभरेष्ट टाइम्सका लेखकहरु, विज्ञापनदाताहरु, एभरेष्ट टाइम्सलाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । एभरेष्ट टाइम्सका प्रवन्ध निर्देशक दुतबहादुर पुनले संचालन गरेको कार्यक्रममा डा. मिलन ज्ञवालीले स्वागत मन्तब्य दिएका थिए भने संस्थापक सम्पादक हरिकुमार गुरुङ ‘काजी’ले एभरेष्ट टाइम्सका विगत वर्तमानका बारेमा प्रकाश पारेका थिए । पाठकका तर्फबाट जय गुरुङले अनुभव व्यक्त गरेका थिए भने सम्पादक लीलामान शेरपुञ्जाले शेयरहोल्डरहरुको परिचय गराएका थिए । उपसम्पादक उमेश मोक्तानले च्यारिटीका बारेमा जानकारी दिएका थिए ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन