
प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीको नाम स्वीकृत वा अस्वीकृत गर्ने विषयमा निर्णय लिन बुधबार सिंहदरबारमा बसेको संसदीय सुनवाई समितिको बैठक । तस्वीर – नवीन पौडेल, रासस
काठमाडौँ, १६ साउन – प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा नेपाली काँग्रेसका सांसदले प्रक्रियामा जान नमानेपछि संसदीय सुनुवाइ समितिको बैठक निष्कर्षविहीन बनेको छ ।
सहमति जुट्न नसकेपछि मतदानमा गएर नाम अनुमोदन गर्ने वा नगर्ने निष्कर्ष निकाल्नका लागि प्रक्रियामा जानुपर्ने संवैधानिक व्यवस्था भएपनि काँग्रेसका सांसदले त्यसमा जान नमानेपछि समितिको आजको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा समितिका सदस्य योगेश भट्टराईले भन्नुभयो, “सहमतिका लागि प्रयास गरियो, नभएपछि प्रक्रियामा मतदानबाट जाऔँभन्दा काँगे्रसका सांसदले मान्नु भएन ।”
प्रक्रियामा जान खोज्दा काँग्रेस सांसदले आफूहरुलाई छलफलका लागि थप समय माग गरेपछि शुक्रबारका लागि बैठक सरेको उहाँले जानकारी दिनुभयो । प्रक्रियामा गएर नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्ने नेकपा सांसदको तयारी छ भने सहमतिमै गएर निष्कर्ष निकाल्नुपर्ने काँग्रेस सांसदको भनाइ छ ।
प्रक्रियामा गए बैठक नै बहिष्कार गर्ने काँग्रेस सांसदको अडानले समितिको आजको बैठक बिना निष्कर्ष टुंगिएको हो ।
काँग्रेस सांसद तथा समितिका सदस्य भीमसेनदास प्रधानले सहमतिका लागि प्रयास गर्दागर्दै थप छलफल गर्नका लागि समय आवश्यक भएको हुँदा निर्णय हुन नसकेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “बैठकमा सहमतिकै लागि प्रयास भयो, मिलाउन खोज्दाखोज्दै पनि बैठकमा यो बिषय औपचारिकरुपमा प्रवेश नै पाएन ।”
बैठकले सहमतिबाटै निष्कर्ष निकाल्ने प्रयास गरयो, समितिका संयोजक लक्ष्मणलाल कर्णले भन्नुभयो, “सहमतिमा वा प्रक्रियामा गए पनि सर्वसम्मत गरौँ भन्नेमा जोड छ, सहमति नभए नियमावलीले दिएको प्रक्रियाअनुसार शुक्रबार निर्णय हुन्छ ।”
समितिले यही साउन १० गते प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइ गरेको थियो ।
आजसम्म चारपटक समितिको बैठक बस्यो तर जोशीको नाम अनुमोदन गर्ने वा नगर्नेमा भन्ने निर्णय लिन सकिएको छैन् ।
आज अपराह्न ३.३० बजेका लागि बोलाइएको समितिको बैठक ६ बजेर ५ मिनेटमा शुरु भएको थियो । शुक्रबारको बैठकमा पनि सहमति नभए प्रक्रियाबाट टुंगो लगाउने समितिका संयोजक कर्णले बताउनुभयो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा