काठमाडौँ-महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले तीन हजार ३६ ग्राम सुनसहित पाँच भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
कार्यालयले सोमबार थाई एयरबाट थाइल्याण्डको बैँककबाट काठमाडौँ आएका ईश्वर दास, अवतार सिंह, अमृतपाल सिंह, हरमिन्दर सिंह र रिजवान आवुल अन्सारीले भन्सार छलेर सुन ल्याएपछि उनीहरुलाई पक्राउ गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सुटकेशमा लुकाएर ल्याएको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिए । जसमध्ये ईश्वर दासबाट ५७८ ग्राम, अवतार सिंहबाट ५७७, अमृतपाल सिंहबाट ९५५, हरमिन्दर सिंहबाट ५७८ र रिजवान आवुल अन्सारीबाट ३४८ ग्राम सुन बरामद गरेको छ ।
प्रहरीका अनुसार उक्त सुनको अहिलेको मूल्य रु एक करोड ४७ लाख ८५ हजार ३२० रहेको छ । पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रवक्ता मैनालीले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते