काठमाडौँ- विश्वकप फुटबल – २०१८ को उपाधि फ्रान्सले जितेको छ । रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा अाइतबार सम्पन्न फाइनल खेलमा युरोपेली राष्ट्र फ्रान्सले युरोपकै क्रोएसियालाई ४–२ गोल अन्तरले हराउँदै सन् १९९८ पछि दोस्रो पटक विश्वकप फुटबलको च्याम्पियन बनेको हो ।
१८औँ मिनेटमा फ्रान्सका जिग्रम्यानले प्रहार गरेको फ्रिकिक राेक्ने क्रममा क्रोएसियाका मारियो मान्जुकिकले आफ्नै पोष्टमा आत्मघाती गोल गरेका थिए ।
खेलको २८औँ मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै खेललाई बराबरी गरेका थिए । डिबक्स भित्र डिफेन्डर भिडाले दिएको पासमा इभान पेरिसिकले उत्कृष्ट गोल गर्दै खेललाई १-१ को अवस्थामा ल्याएका थिए । पेरिसिकको यो विश्वकपको तेस्रो गोल हो ।
३८ मिनेटमा फ्रान्सले दोस्रो पटक अग्रता लिन सफल भोय । कर्नर बलमा पेरिसिकले ह्यान्ड गरेपछि रेफ्रीले भिएआर रिभ्यूमार्फत पेनाल्टी दिने निर्णय गरेका थिए। एन्टोनी ग्रिजम्यानले पेनाल्टी मार्फत गोल गरी २–१ को स्थितिमा पुरयाएका थिए ।
मध्यान्तरपछिको खेलमा पाउल पोग्बाले फ्रान्सका लागि तेस्रो गोल गरे । केलियन एमबाप्पेले ६५औँ मिनेटमा डिबक्स नजिकबाट फ्रान्सका लागि चौथो गोल गरे । खेलको ६९औँ मिनेटमा क्रोएसियाका मान्जुकिकले गोल गरे पनि हारलाई भने टार्न सकेनन् ।
फ्रान्सले यसअघि सन् १९९८ मा आफ्नै भूमिमा पहिलो पटक विश्वकप फुटबलको उपाधि जितेको थियो । युरोपको सानो राष्ट्र क्रोएसिया भने पहिलो पटक उपाधिका लागि भिडेको हो ।
यसअघि सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १–० ले पराजित गरेको थियो भने क्रोएसियाले बेलायतलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
यसैगरी विश्वकप २०१८ मा चार उत्कृष्ट गोल गरेका फ्रान्सका खेलाडी केलियम एमबाप्पे उत्कृष्ट युवा खेलाडी घोषित भए । १९ वर्षीय एमबाप्पेले फाइनलमा समेत एक गोल गरेका थिए ।
यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भएका क्रोसियाका कप्तान लुका मोड्रिचले गोल्डेन बल पाए । उनले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए । गोल्डेन ग्लोब्स भने बेल्जियमका गोलकिपर थिवाउट कोर्टिजले गोल्डेन ग्लोभ्स हात पारे ।
६ गोल गरेका बेलायतका स्टाइकर हेरी केनले गोल्डेन बुट जिते ।
क्रोएसिया अनपेक्षित परिणाम निकाल्दै फाइनलमा पुगेको थियो । ब्राजिल, जर्मनी, स्पेन, अर्जेन्टिना जस्ता विश्वकप उपाधि जितिसकेका हस्तीहरु पराजित भई घर फर्केको अवस्थामा क्रोएसिया सबैलाई चकित पार्दै उपाधिको दाबेदार बनेको थियो । तर, फाइनलमा उसले फ्रान्सको तगारो पार गर्न सकेन ।
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’