काठमाडौँ-इन्फरर्मेशन सेक्युरिटी रेस्पोन्ट टिम नेपाल (एनपीसर्ट) नामक संस्थाले आगामी साउन ११ देखि अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन २०१८ को आयोजना गर्ने जनाएको छ ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सो संस्थाले दिएको जानकारीअनुसार अष्ट्रेलिया, चीन, भारतलगायत विश्वका विभिन्न १० मुलुकले भाग लिनेछन् ।
साइबर सुरक्षाको क्षेत्रमा भएका फरक फरक ज्ञान र सीपका साथै अनुभव आदान प्रदान गर्ने तथा नयाँ पुस्तालाई साइबर क्षेत्रमा सशक्त गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो ।
सम्मेलनमा आइक्यानका च्याम्पिका विजयातुंगा, सिस्कोका विवेक श्रीवास्तव, सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिजका साम साकस्, चेकप्वाइन्ट सफ्टवयेर टेक्नोलोजिका वरुणेन्द्र त्रिपाठी, लगप्वाइन्टका थोमस हायभ तथा ग्लोबल साइबर सेकुरिटी रेस्पोन्स टिमका हर्षाद शाहजस्ता विद्वानले प्रशिक्षण दिने कार्यक्रम रहेको बताइयो ।
इन्फरर्मेशन सेक्युरिटी रेस्पोन्ट टिम नेपालका अध्यक्ष चिरञ्जीवी अधिकारीले देशको विकासका लागि प्रविधिको ज्ञान हुनु आवश्यक भएकाले अन्तर्राष्ट्रिय विज्ञसँग प्रविधिको ज्ञान आदान प्रदान होस् भनेर यो कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा