काठमाडौँ-इन्फरर्मेशन सेक्युरिटी रेस्पोन्ट टिम नेपाल (एनपीसर्ट) नामक संस्थाले आगामी साउन ११ देखि अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन २०१८ को आयोजना गर्ने जनाएको छ ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सो संस्थाले दिएको जानकारीअनुसार अष्ट्रेलिया, चीन, भारतलगायत विश्वका विभिन्न १० मुलुकले भाग लिनेछन् ।
साइबर सुरक्षाको क्षेत्रमा भएका फरक फरक ज्ञान र सीपका साथै अनुभव आदान प्रदान गर्ने तथा नयाँ पुस्तालाई साइबर क्षेत्रमा सशक्त गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो ।
सम्मेलनमा आइक्यानका च्याम्पिका विजयातुंगा, सिस्कोका विवेक श्रीवास्तव, सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिजका साम साकस्, चेकप्वाइन्ट सफ्टवयेर टेक्नोलोजिका वरुणेन्द्र त्रिपाठी, लगप्वाइन्टका थोमस हायभ तथा ग्लोबल साइबर सेकुरिटी रेस्पोन्स टिमका हर्षाद शाहजस्ता विद्वानले प्रशिक्षण दिने कार्यक्रम रहेको बताइयो ।
इन्फरर्मेशन सेक्युरिटी रेस्पोन्ट टिम नेपालका अध्यक्ष चिरञ्जीवी अधिकारीले देशको विकासका लागि प्रविधिको ज्ञान हुनु आवश्यक भएकाले अन्तर्राष्ट्रिय विज्ञसँग प्रविधिको ज्ञान आदान प्रदान होस् भनेर यो कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते