काठमाडौं-विश्वकप फुटबलमा इंग्ल्याण्ड स्वीडेनमाथि २–० को जित निकाल्दै २८ वर्षपछि सेमिफाइनलमा पुगेको छ । शनिबार भएको क्वाटरफाइनलको तेस्रो खेलमा स्वीडेनलाई पाखा लगाउँदै इंग्ल्याण्डले अन्तिम चारको यात्रा तय गरेको हो ।
यसअघि इंग्ल्याण्ड सन् १९९० मा सेमिफाइनलमा पुगेको थियो । त्यतिबेला इंग्ल्याण्ड पश्चिम जर्मनीसँग पराजित भएको हो ।
सन् १९६६ को विश्वविजेता इंग्ल्याण्डलाई २८ वर्षपछि सेमिफाइनलको यात्रा गराउने क्रममा खेलको ३० औं मिनेटमा ह्यारी मग्वायरले गोल गरेका थिए । उनले कर्नरमा हेडमार्फत सुन्दर गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए ।
खेलमा लगभग पूरै समय स्वीडेनमाथि हाबी भएको इंग्ल्याण्डले दोस्रो हाफको ५९ औं मिनेटमा डेल अलीको गोलमा अग्रता दोब्बर पारयो । जेसी लिंगार्डले हेडमार्फत गरेको प्रहार स्वीडेनका गोल किपरले असफल बनाउने चान्स नै प्राप्त गर्न सकेनन् ।
केही राम्रो अवसरहरु सिर्जना गरेपनि स्वीडेनले गोलमा भने परिणत गर्न सकेन ।
सेमिफाइनलमा अब इंग्ल्याण्डले शनिबार राति हुने रसिया र क्रोसियाबीचको खेलको विजेताको सामना गर्नुपर्नेछ ।
यसअघि बेल्जियम र फ्रान्सले अन्तिम चारको यात्रा तय गरिसकेका छन् । सेमिफाइनलमा फाइनल प्रवेशका लागि बेल्जियमले फ्रान्सको सामना गर्नेछ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते