काठमाडौँ, २२ असार – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा राष्ट्रियसभाका तर्फबाट प्रतिनिधित्व गर्नुहुने तीनजनाको नाम घोषणा गर्नुभएको छ ।
आजको बैठकको प्रारम्भमा उहाँले राष्ट्रियसभाका तर्फबाट उक्त समितिमा सुमनराज प्याकुरेल, नन्दा चपाई र जितेन्द्रनारायण देवले प्रतिनिधित्व गर्नुहुने जानकारी गराउनुभएकामा बैठकले उहाँहरुको नाम स्वीकृत गरेको थियो ।
पन्ध्र सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट तीनजना मनोनयन गर्ने प्रावधान छ । उक्त समितिमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य रहनुहुनेछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह