एनआरएनए यूकेको ‘डिसएबिलिटी एड इभिनिङ’ मा उच्च गोर्खा अधिकृतहरु सहभागी हुने

लन्डन । एनआरएनए यूकेको ‘डिसएबिलिटी एड इभिनिङ’ मा उच्च गोर्खा अधिकृतहरु सहभागी हुने भएका छन् । एनआरएनए यूके च्यारिटी विभाग संयोजक तथा उपाध्यक्ष प्रेम गाहामगरले फस्ट रोयल गोर्खा राइफल्स युनिटका वरिष्ठ अधिकृतहरुसंग भेट गरि च्यारिटीमा विशेष निमन्त्रणा गरेपछि ब्रिटिश आर्मीका उच्च अधिकृतहरु च्यारिटीमा आउने भएका हुन् ।

उपाध्यक्ष गाहामगरले सप्ताहन्त ति ‘हाइ रेङकिङ अफिसरहरु’ लाई भेटेका थिए । भेटमा मगरले आगामी १ सेप्टेम्बरमा एनआरएनए यूके च्यारिटी विभागले गर्न लागेको अपांगता च्यारिटी सांझ (डिसएबिलिटी एड इभिनिङ) मा निम्तो दिंदै सहयोग गरिदिन आग्रह गरेका थिए । प्रतिउत्तरमा ति अधिकृतहरुले आर्थिक तथा भौतिक सहयोगका लागि प्रतिवद्धता व्यक्त गरेको गाहामगरले जानकारी दिए ।

गाहामगरले ब्रुनाइमा रहेको सेकेन्ड गोर्खा राइफल्सका अधिकृतहरुलाई समेत च्यारिटीमा सहयोग गरिदिन अपिल गरेका छन् । ‘म गफ भन्दा व्यवहारमा काम देखाउन लालयित व्यक्ति हुं’- मगरले भने, ‘हामीले पवित्र उद्देश्य लिएर कार्यक्रम आंटेका छौं । कृपया आफ्नो क्षमता अनुसार सहयोग गरिदिन बेलायतवासी सबैमा आग्रह गर्दछु ।’ उनले यो कार्यक्रम गोर्खा सहित सबै नेपालीको आफ्नै कार्यक्रम जस्तो बुझिदिन पनि आग्रह गरे। 

उनले फस्ट रोयल गोर्खा राइफल्सका कमाण्डिङ अफिसर लेफ्टीनेन्ट कर्णेल चाल्स निकोलस, गोर्खा मेजर सुरेशकुमार थापा एमभिओ, मेजर रामबहादुर पुन, मेजर प्रकाश गुरुङ एमभिओ, रिटायर्ड मेजर लि रोबर्ट, क्याप्टेन बबिन्द्र गुरुङ (आरसिएमओ वानआरजिआर), विकास गुरुङ (आरएसएम वानआरजिआर) लगायत ब्रिटिश आर्मीमा उच्च अधिकृतहरुसंग भेट गरि आफ्नो च्यारिटीमा सहयोग गरिदिन अपिल गरेका छन् । सो अवसरमा उपाध्यक्ष गाहामगरले च्यारिटीको उद्देश्य र कार्यक्रमको रुपरेखाबारे जानकारी दिएका थिए ।

उक्त च्यारिटीमा विशेष अतिथीका रुपमा चर्चित ब्रिटिश अभिनेत्री जोआना लुम्ली, कन्सपिसिअस ग्यालेन्ट्री क्रस (सिजिसी) मेडलबाट विभूषित सार्जेन्ट दिपप्रसाद पुन, लान्स सार्जेन्ट जोन्सन गिडियोन बीहयारी (भिसी विजेता), करिब १५ जना मिलिट्री क्रस विजेता, नेपालबाट आउने फरक क्षमताकी कलाकार निलम ढुंगाना, ग्रेट वार हिरोज हरिबहादुर बुढामगर, विनोद बुढाथोकी, कौशल लिम्बु, तीर्थ थापा, अनिल गुरुङ, मन्दिप राई, सोम राई थापा, लाल गुरुङ, नुतन राई, जीवन थापा, एक पुन, एक गुरुङ, नवीन गुरुङ, अनिस थापा एमसी, अल्बिन लिम्बु, पूर्ण गुरुङ, हरि राई, चेतन गुरुङ, आलोक याक्थुङबा, भव पुन, हसन थापा, नेत्र राना, दावा लामा, तेज घले, शिवहरि पुन, हर्क पाइजा, हिम्मत राई, दिल राई, स्थानीय कलाकारहरु अमृता गिरी गजुरेल, गिता बस्नेत, प्रिमा भट्टराई, अन्जु श्रेष्ठ आदिको विशेष सहभागिता रहने छ ।

उक्त च्यारिटी कार्यक्रम मिस नेपाल यूके २०११ गौमाया गुरुङले सञ्चालन गर्नेछिन् । नेपाल र बेलायतस्थित अपांगता भएकाहरुको सहयोगका लागि कोष संकलन गर्नुका साथै शारीरिक अपांगता भएर पनि आफ्नो विशेष कला र प्रतिभाको माध्यमबाट समाजमा उदाहरण प्रस्तुत गर्न सफल पात्रहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले च्यारिटी गरिएको आयोजकले बताएका छन् ।

कार्यक्रममा एउटा खुट्टाले नाचेर ख्याति कमाउन सफल कलाकार निलम ढुंगाना, अफगानिस्तानमा दुवै खुट्टा गुमाएर पनि साहसिक रुपमा विभिन्न पर्वतारोहण गरेका कीर्तिमानी भूपू गोर्खा हरि बुढा मगरदेखि बेलायती सेनामा सेवाकै क्रममा अपांगताको शिकार बनेर पनि समाजमा विभिन्न उदाहरणीय कार्य गर्दै आएका विनोद बुढाथोकी, अनिल गुरुङ, नेत्र राना, कौशल लिम्बू, मिसेस यूके नेपालकी रनर अप अमृता गिरी गजुरेल र शिव थजालीले कार्यक्रममा आफ्नो प्रतिभा देखाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री