काठमाडौँ-चीनको केरुङ नाका हुँदै एकखेप सुन काठमाडौँ ल्याएको भरियाले रु ५० हजार लिने गरेको खुलासा भएका छन् । महानगरीय प्रहरी प्रभाग नागढुंगाले आइतबार राती केरुङ नाका हुँदै नेपाल ल्याएको ६ किलोग्राम सुनमा पक्राउ परेका सिन्धुपाल्चोकका २३ वर्षीय तेन्जिङ तामाङले एकखेपको रु ५० हजार लिने सर्तमा सुन ल्याएको प्रहरी सामु खुलाएका छन् ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रमुख केशवराज भट्ट नेतृत्वको टोलीले आइतबार बा ९५ प ८१६४ नम्बरको कालो पल्सर मोटरसाइकलमा कम्मरमा खैरो कालो छिर्के मिर्के रंगको लेडिज सलभित्र ६ किलोग्राम सुनसहित तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
सो अवसरमा परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले सुन पठाउने चीनियाँ व्यापारी भएको र चीनबाट काठमाडौँ ल्याएवापत एकपटकमा रु ५० हजार दिने सर्तमा तामाङले सुन काठमाडौँ ल्याएको अनुसन्धानबाट खुलेको बताए ।
“सुन स्वयम्भुसम्म पुरयाउने र स्वयम्भुमा पुगेपछि अर्को मान्छेले फोन गरेर सुन लिन आउँछ भनेर चिनीया व्यापारीले सुन पठाएको समेत अनुसन्धानबाट खुलेको छ,”–उनले भने ।
प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले पछिल्लो समय केरुङ नाका हुँदै धेरै सुन काठमाडौँलगायत देशका विभिन्न भागमा भित्रिने गरेको भन्दै प्रहरीले विशेष निगरानी राखेको बताए । उनले शनिबार भारत लैजाँदै गर्दा नागढुंगाबाट समातेको सुन र हिजो चीनबाट ल्याएको सुनमा कुनै सम्बन्ध नभएको पनि जानकारी दिए ।
परिसरले शनिबार नागढुंगाबाट तीन किलोग्राम सुनसहित चार भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरिसकेको छ । पक्राउ परेको सुनलाई आवश्यक कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइएको परिसरले जनाएको छ ।
भन्सार ऐन २०६४ को दफा ५७ (१) (ङ) बमोजिम अवैध रुपमा सुन ओसारपसार गर्नेलाई विगो र एक वर्षदेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ