काठमाडौँ-साहित्यकार एवं पत्रकार यादव थपलियाको ४० वर्षको उमेरमा आज ‘भाइरल इन्फ्लुएञ्जा’ का कारण निधन भएको छ । ‘कान्तिपुर’ दैनिक पत्रिकाका वरिष्ठ उपसम्पादक थपलियाको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार अपराह्न निधन भएको हो ।
ज्वरोका कारण बुधबार उपचारार्थ अस्पताल भर्ना भएका थपलियाको असामयिक निधन भएपछि परिवार, साहित्यकार, पत्रकार र उनका सहकर्मी स्तब्ध हुँदै अस्पताल र आर्यघाट पुगेका थिए । उनले यसअघि ‘नयाँ विकल्प’ साप्ताहिक, ‘जनपुकार’ साप्ताहिक, ‘खोजतलास’ सन्ध्याकालीन दैनिक, ‘स्पेशटाइम’ दैनिक, ‘नयाँ पत्रिका’ दैनिक र ‘नागरिक’ दैनिकमा सम्पादनको काम गरेका थिए ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–११, डाँडाथोकमा जन्मिएका थपलिया नागार्जुन साहित्यिक प्रतिष्ठान, सिर्जना मझेरीलगायत संस्थाका संस्थापक सदस्य हुन् । उनको २०६३ सालमा प्रतिष्ठानबाट ‘मृत्यु–चुम्बन’ उपन्यास प्रकाशन भएको थियो । उनको साहित्यिक ‘सम्मतिका छालभित्र’ समीक्षा कृति पनि प्रकाशित छ । उनले विभिन्न साहित्यिक पत्रिका र कृति सम्पादन गरेका थिए ।
प्रतिष्ठानका महासचिव माधव निर्दोषले शोक विज्ञप्ति जारी गरी थपलियाले मौलिक साहित्य र सिर्जनात्मक पत्रकारितामा दिएको योगदान अविस्मरणीय रहेको उल्लेख गरेका छन् । थपलियाको आजै पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरियो । उनका श्रीमती र दुई छोरी छन् ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै