खारतुम, १४ असार – दक्षिण सुडान र यहाँका विद्रोहीबीच भएको शान्ति सहमतिको सुडानमा रहेका राजनीतिक दल, अधिकारवादीहरु, छिमेकी अफ्रिकी देश तथा विश्व समुदायले स्वागत गरेका छन् ।
दक्षिण सुडानी राष्ट्रपति साल्भा किर र यहाँ हिंसात्मक विद्रोह गरिरहेको संस्थाका नेता रिक माचारले बुधबारमात्र यहाँको सशस्त्र विद्रोहको स्थायी युद्धबिराम गर्ने सहमति गरेका हुन् ।
सुरुमा युद्धविराम र त्यसपछिको शान्ति वार्ताको सहमतिलाई एउटा महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ । बुधबार भएको भनिएको स्थायी युद्धबिराम सम्झौता ७२ घण्टापछि कार्यान्वयनमा आउने अधिकारीहरूले जनाएका छन् ।
दक्षिण सुडानमा लामो समयदेखि हिंसा जारी छ । सुडानबाट छुट्टिएर बनेको उक्त देशमा स्वतन्त्र भएसँगै हिंसात्मक विद्रोह सुरु भएको थियो । यस हिंसालाई बुधबारको शान्ति सम्झौताले अन्त्य गर्ने विश्वास गरिएको छ ।
उक्त स्थायी युद्धबिराम सम्झौतामा दक्षिण सुडानका सबै राजनीतिक दलहरुले पनि हस्ताक्षर गरेका छन् । सुडानका विदेशमन्त्री अल डियरडीरी अहमदले दक्षिण सुडानको इतिहासमा यस सम्झौताले महत्वपूर्ण परिवर्तनमा सहयोग पुरयाउने अपेक्षा गरिएको बताउनुभयो ।
दक्षिण सुडानको हिंसा अन्त्यका लागि यसअघि पनि अरु कैयौँ पटकसम्म युद्धबिराम सम्झौता भएको थियो । तर, तिनीहरूको सही मात्रामा कार्यान्वयन भने हुन सकेन ।
यस युद्धविराम सम्झौताको विश्वका नेताहरुले स्वागत गरेका छन् । यस सम्झौतापछि शान्ति वार्ताको पहल हुने अपेक्षा इथियोपियाका प्रधानमन्त्री अविय अहमदले गर्नुभएको छ । उहाँसहित अफ्रिकी देशहरुले उक्त सम्झौताको स्वागत गरेका छन् । उनीहरुले शान्ति वार्ता गरी यस देशमा शान्ति स्थापना गर्न दक्षिण सुडान र यहाँको नेतृत्व तथा विद्रोहीसँग आग्रह गरिरहेका छन् ।
दक्षिण सुडानको यस हिंसाका कारण दशौँ हजार मारिएका छन् । यहाँको हिंसा सहन नसकेर लाखौँ मानिस आन्तरिक तथा वाह्य रुपमा विस्थापित पनि भएका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते