लन्डन । सामाजिक सञ्जालको सही प्रयोगले विश्वभर छरिएर बसेका मानिसहरु एउटै परिवारमा बसेको भान हुन्छ । अझ भनौ, विश्वभरका मानिसहरु एउटै गाउंमा बसोवास गरेका छन् र चाहिएको बेला प्रत्यक्ष कुराकानी गर्न सम्भव भएको छ । इन्टरनेटले नै विश्वलाई एउटा सानो गाउं (ग्लोवल भिलेज) बनाउन सहयोग गरेको छ । त्यसलाई जोड्ने कडीका रुपमा आएको छ सामाजिक सञ्जाल ।
धेरै सामाजिक सञ्जाल मध्ये झण्डै दुई बिलियन प्रयोगकर्ता भएको र सबैभन्दा बढि हेरिने फेसबुक विना अहिले धेरै काम अधुरो जस्तै हुन थालेको छ । यसका संस्थापक मार्क जुकरवर्ग धन्य छन् जसले विश्वलाई एकैठाउंमा एकजुट गराए ।
फेसबुक मार्फत धेरैले फाइदा पनि लिएका छन् नेटवर्क र विजनेशका हिसाबले । आफ्ना कुरा स्वतन्त्र रुपमा अभिव्यक्त गर्न र फोटोहरु अपलोड गर्न पाइएको छ । यही कारण दैनिक रुपमा फेसबुक प्रयोग गर्नेको संख्या वृद्धि हुंदै गएको छ ।
फेसबुकको सकारात्मक पक्षसंगै यसको दुरुपयोग पनि बढेको छ । यही दुरुपयोग र मानिसका गोप्य विवरण ‘लिक’ भएको भन्दै मार्क जुकरवर्ग अमेरिकी संसदसम्म पुगेर माफी माग्न वाध्य भए ।
सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोगबारे विश्वभर तर्क वितर्क भइरहंदा बेलायतस्थित नेपाली समाजका अगुवाहरुतिर लेख केन्द्रित गर्न खोज्दैछु म । आफूलाई बेलायतस्थित नेपाली डायस्पोराको रोलमोडल वा सर्वमान्य ठान्ने केही सज्जन व्यक्तित्व कसरी सामाजिक सञ्जालमा ‘तुच्छ अभिव्यक्ति’ दिएर प्रस्तुत हुन्छन् भन्ने सन्दर्भ केलाउन खोजिएको हो ।
प्रसंग छ- गत मे महिनामा सम्पन्न नेपाल पत्रकार महासंघ यूके शाखाको निर्वाचन । उक्त निर्वाचनमा केही ‘इन्ट्रेस्ट ग्रुप’ ले आफ्नो फाइदाका लागि पत्रकार र सामाजिक सञ्जालको निक्कै दुरुपयोग गरे । लाग्थ्यो, प्रत्येक पोस्ट वापत पैसा तिर्नु पर्ने भएको भए ति हच्कन्थें । बेलायतको नेपाली समाज हांक्छु भनेर स्वयंलाई ‘रोलमोडल’ ठान्नेहरुले दैनिकजसो विष वमन गरे, व्यंग्य हाने, धम्की थिए अनि तुच्छ स्टाटस पनि लेखे ।
म यहां बेलायतको नेपाली समाजका चर्चित तीन पात्रलाई प्रस्तुत गर्दैछु । धेरैलाई लाग्छ, उनीहरु रोल मोडल, जाने बुझेका र वुद्धिजिवी हुन् । बेलायतको विभिन्न नेपाली संघसंस्थाको नेतृत्व गरिसकेका तीन जना पात्रले सामाजिक सञ्जालमा दिएको अभिव्यक्ति लगभग बेलायती नेपाली समाजको यथार्थ चित्रण गर्छ ।
पहिलो पात्र छन्, चिरन शर्मा । उनको खास नाम देवराज आचार्य भएपनि चिरनबाटै परिचित छन् उनी । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्मा समाचार उत्पादन र प्रचार प्रसार गर्ने उनको जिम्मेवारी । नेपाल ब्रिटेन डटकमका पनि उनी संस्थापक सम्पादक हुन् ।
दोश्रो, रामशरण सिम्खडा । विश्वभर फैलिएका नेपालीलाई एकतावद्ध गर्ने अभियानमा सांगठनिक उपस्थिति देखाएको गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का सदस्य सिंखडाले बेलायतका कयौं संघसंस्थामा राम्रै ‘पोजिसन होल्ड’ गरेका छन् ।
तेश्रो पात्र छन् खुशी लिम्बु । पहिचानवादी नेता, पत्रकार, कांग्रेसी कार्यकर्ता लिम्बु । गैरआवासीय नेपाली संघ बेलायतका पूर्व प्रवक्ता तथा नेपाल जनजाती पत्रकार महासंघ यूकेका महासचिव खुसी लिम्बुका अरु पद उल्लेख गर्दा लामै लिष्ट बन्छ, भनौं उनी आवद्ध नरहेको संस्था कमै छ ।
विभिन्न व्यंग्य, कथा कविताको माध्यमबाट १९ मेमा तय भएको पत्रकार महासंघ यूकेको निर्वाचन बिथोल्ने, पत्रकारलाई उक्साउने वा कुनै विशेष उम्मेदवारलाई बोकेर हिंड्ने कार्यमा सिम्खडाले आफूलाई दैनिक जसो व्यस्त बनाइरहे ।
महासंघको नेतृत्वमा टिका थाप्ने दिवा सपना नदेख्न चेतावनी दिंदै सिम्खडाले धम्क्याउने शैलीमा दैनिक लामा लामा स्टाटस लेखिरहे । उनको कथाले धेरैलाई आकर्षित पनि गरयो किनकि स्टाटस खस्ने वित्तिकै लाइक, कमेन्टस आइहाल्थ्यो । महासंघमा टिका लगाउन रोक्ने खेलमा लागिरहंदा सिम्खडाले आफैंले एनआरएनए आइसीसी सदस्यमा टिका थापेको चाँही ख्याल गरेनन् ।
सामाजिक सञ्जालमा यति तल्लोस्तरमा ओर्लिनु हुंदैन भनेर स्टाटसमा कसैले प्रतिक्रिया दिएको देखिएन । अगुवा भनिनेले जे भन्छन् त्यहि ठिक भन्ने शैलीमा बेलायतको नेपाली समाज देखापरयो । एनआरएनए आइसीसी सदस्य सिम्खडा विगतमा एनआरएनए यूकेका राष्ट्रिय महासचिव तथा तत्कालिन एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्चका निवर्तमान अध्यक्ष र हाल यूरोप प्रतिनिधि पनि हुन् ।
गैरआवासीय नेपाली संघ यूरोपस्तरीय सम्मेलनमा मिडिया परिचालनको जिम्मा लिएका देवराज आचार्य (चिरन शर्मा) ले फेसबुकमा प्रयोग गरेको भाषाले उनको वौद्धिक स्तर प्रष्ट झल्कन्छ । नेपाल पत्रकार महासंघ यूके शाखाका अध्यक्ष नरेश खपांगी मगरले पुनः अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्ने बित्तिकै शर्माले सामाजिक सञ्जालमा तल्लोस्तर र पदीय हैसियत बिर्सिएर स्टाटस लेखे । विश्वमा नेपालीले गरेका राम्रा सामुदायिक कामको प्रचार प्रसार गर्न, विदेशको बुद्धि, सीप र क्षमतालाई कलम मार्फत नेपालमा आकर्षित गर्न र आपतविपतमा एकजुट हुन उत्प्रेरित गर्न सक्ने भूमिकामा रहेका आचार्यले फेसबुकमा लेखेका शब्दहरु अध्ययन गर्ने हो भने उनलाई एनआरएनए आइसीसीले कस्तो व्यक्तिलाई यूकेबाट न्युज को-ओर्डिनेटरको जिम्मा दिएर पदमा मनोनित गरेछ भन्ने प्रश्न उठ्छ । उनी व्यक्तिगत क्षमता भन्दा पनि शक्ति केन्द्र रिजाएर पदमा मनोनित भएको प्रस्टै हुन्छ ।
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का पूर्वअध्यक्ष जीवा लामिछाने, भवन भट्ट, कुमार पन्त, बद्री केसी, डा. हेमराज शर्मा वा शक्तिमा रहेका प्राय सबैका बारेमा विभिन्न लेख लेखिसकेका र आफ्नो ठूलो पहुंच भएको बताउने आचार्य बेलायतस्थित नेपालव्रिटेन डटकमको संस्थापक सम्पादक हुन् । उनी नेपाल पत्रकार महासंघ यूके शाखाका पूर्वअध्यक्ष र सल्लाहकार समेत हुन् ।
जनजाती पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल जनजाति पत्रकार महासंघ यूकेका महासचिव लिम्बुको भाषालाई हेर्ने हो भने उनले जे बोले पनि हुन्छ भन्ने देखिन्छ । पत्रकार हुनुमा निकै दम्भ देखिन्छ उनमा । कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति यूकेका प्रवक्ता र नेपाल आदिवासी जनजाती महासंघका महासचिव समेत रहेका लिम्बु कसरी ति फोरममा पुगे आश्चर्यजनक छ ।
उल्लेखित पात्र त प्रतिनिधिमात्र हुन् । तर, यसले डायस्पोराको नेपाली समाजको नेतृत्व कस्तो मानिसका हातमा रहेछ भन्ने कुरा घाम जत्तिकै छर्लंग छ । आगामी दिनमा यस्ता मानिस संलग्न भएका कार्यक्रम र संघसंस्थाले कस्तो ज्ञान, सीप नेपालमा हस्तान्तरण गर्लान् ?
सामाजिक उत्तरदायित्वको अभाव
आफ्नो अनुसन्धानलाई निखार्दै हालै एबरटे यूनिभर्सिटीबाट डिजिटल मार्केटिङमा विद्यावारिधि गरेका मिन भण्डारी नेपाली समाजका अगुवाले ‘इमोसन’ र ‘इगो’ नियन्त्रण गर्न नसकी तत्काल फाइदाका लागि ‘रियाक्ट’ गर्दा तल्लोस्तरका भाषा सामाजिक सञ्जालमा प्रयोग गरिरहेको
बताउंछन् ।
मानिसले सिकेको ज्ञान, संस्कृति र कार्यशैलीले उसको क्षमता प्रदर्शन गर्ने भएकाले यस्ता समस्या सामाजिक सञ्जालमा बेलाबेलामा देखिने गरेको भण्डारीको बुझाइ छ ।
उनका अनुसार व्यक्तिहरु आफूले हासिल गरेको शिक्षा, उनीहरु बसेको समाज र उनीहरुले सिकेको संस्कृतिलाई सामाजिक सञ्जालमा व्यक्त गर्छन् तर आवेश वा आक्रोशमा गर्दा त्यो दुरुपयोग हुन पुग्छ ।
बेलायतस्थित लिड्स विश्वबिद्यालयका प्रोफेसर डा. सूर्य सुवेदी आफू सामाजिक सञ्जालमा नरहेपनि यो प्लेटफर्मको सही सदुपयोग हुनुपर्नेमा जोड दिन्छन् । एउटा सभ्य र विकसित बेलायती समाजमा बसेर अरुलाई पनि मार्गदर्शन गर्नुपर्नेमा उल्टो केही व्यक्ति एक अर्कालाई दोषारोपण गर्न, गाली गलौज गर्न, होच्याउन लागि पर्नु विडम्बना भएको डा. सुवेदीले बताए । केही वर्ष अघि उनी पनि सामाजिक सञ्जालमा घृणित अभिव्यक्तिको शिकार भएका थिए ।
सुवेदीले एनआरएनए यूके लगायत संघसंस्थाले आफ्नो युनिभर्सिटीको इमेलमा समेत नानाथरि म्यासेज पठाएर वाक्क पारेको पनि गुनासो गरे ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न