
लन्डन । गुरुङ (तमु) समुदायको नयाँ वर्ष अर्थात् ल्होछार/ल्होछार नजिकिँदै गर्दा बेलायतमा सक्रिय नेपाली संघसंस्था तयारीमा जुटेका छन् ।
तमु धीं यूके, तमु समाज, बीसीसी यूकेलगायत संघ संस्था आ-आफ्ना अनुकूलमा कार्यक्रम निर्धारण, नेपालीबाट कलाकार निमन्त्रणा गर्ने जस्ता आन्तरिक तयारीमा लागेका हुन् । केही संस्थाले ल्होछारका साथै अंग्रेजी नयाँ वर्ष २०२६ लाई समेत उत्सवका रुपमा मनाउँदै छन् ।
तमु वर्गचक्रअनुसार सर्प वर्गको बिदाइ र घोडा वर्गलाई स्वागत गर्दै यस वर्ष बेलायत, नेपालसहित विश्वभर रहेका गुरुङ समुदायले ल्होछार/ल्होसार मनाउने छन् । गुरुङ समुदायले हरेक वर्षको पुस १५ लाई नयाँ वर्षको रुपमा मनाउने चलन छ ।
तमु धीं यूके
तमु धीं यूकेले ‘त ल्हो ल्होछार उत्सव-२०२५’ तथा नयाँ वर्ष २०२६ मा आगामी २७ डिसेम्बर २०२५ शनिबार मनाउने भएको छ । अल्डरसटस्थित एम्पायर हलमा ल्होछार मनाउन लागिएको तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक परशु गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली राजदूतावास बेलायतका कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथि रहनु हुनेछ ।
त्यस्तै नेपालबाट गायक दुर्गा गुरुङ, गायिका सलोमी गुरुङ र गायक केशबहादुर गुरुङ यस वर्षको ल्होछार कार्यक्रममा बेलायत आउनु हुनेछ । सलोमी नेपाल आइडल सिजन ६ मा द्वितीय हुनुभएको थियो । दुर्गा कौडाकिङले चिनिनुभएको छ भने केशबहादुर पछिल्लो गुरुङ गीतमा ख्याती कमाउन सफल हुनुहुन्छ ।
ल्होछार तथा नयाँ वर्ष कार्यक्रममा सांगीतिक प्रस्तुति, स्थानीय कलाकारहरुको नृत्य प्रस्तुतिको साथमा जीसीएसईमा उत्कृष्ट नतिजा ल्याउने नानीलाई डा.हर्क अवार्ड प्रदान र वर्षभरिमा आ-आफ्ना इकाईमा विभिन्न कार्यक्रममा विभिन्न माध्यमबाट अतुलनीय योगदान पुऱ्याएका प्रत्येक इकाईबाट एक महिला र एक पुरुषलाई कम्युनिटी अवार्ड प्रदान गरिनेछ । साथमा भाग्योदय चिट्ठा पनि समावेश गरिने उपाध्यक्ष गुरुङले भन्नुभयो ।
तमु समाज युके
तमु समाज युकेले आगामी ३ जनवरी २०२६ मा ल्होछार/ल्होसार मनाउने भएको छ । हरेक वर्षझैं विविध कार्यक्रमसहित शनिबार ३ जनवरीमा ल्होछार/ल्होसार मनाउने तयारी रहेको तमु समाज युकेले जनाएको छ । समाजका अनुसार त ल्हो को अवसरमा तमु समाज युकेले शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम हुनेछन् ।
कार्यक्रम ह्यारो लेजर सेन्टरको बायरन हलमा साँझ ४:३० बजेदेखि राति साढे १२ बजेसम्म हुनेछ । कार्यक्रममा सपरिवार उपस्थितिका लागि बेलायतवासी सम्पूर्ण तमु तथा नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबुवाहरूलाई तमु समाज युकेले निमन्त्रणा गरेको छ ।
ईलमपोखरी समाज यूके
ईलमपोखरी समाज यूकेले आउँदो २० डिसेम्बरमा ल्होछार पार्टी मनाउने भएको छ । शनिबार २० डिसेम्बरमा अल्डरसटस्थित एम्पायर हलमा ल्होछार (नयाँ वर्ष) पार्टी आयोजना गर्न लागिएको ईलमपोखरी समाज यूकेका अध्यक्ष परशु गुरुङले जानकारी दिनुभएको छ । कार्यक्रममा लमजुङ समाज यूकेका अध्य पूर्णराज गुरुङ प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुनेछ ।
अध्यक्ष गुरुङले कार्यक्रममा सहभागी हुन ईलमपोखरी समाज यूकेका सबै सदस्य र बेलायतवासी नेपाली समुदायलाई आग्रह गर्नुभएको छ । अध्यक्ष गुरुङका अनुसार, सहभागी पुरुषले गुरुङ भेष भूषा वा सुट, महिलाले गुन्यू चोली अथवा सारी लगाउनुपर्नेछ ।
सोंपाल समाज युके
हरेक वर्षझैं विविध कार्यक्रमसहित सोंपाल समाज युकेले आगामी ३ जनवरी २०२६ मा ल्होछार मनाउने भएको छ । शनिबार ३ जनवरीमा ल्होछार मनाउने तयारी रहेको सोंपाल समाज युकेका अध्यक्ष जगदीश गुरुङले जानकारी दिनुभयो । त ल्हो को अवसरमा समाजले शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने सचिव एवं कार्यक्रम संयोजक नवराज गुरुङले बताउनुभयो ।
दलबहादुर गुरुङको प्रमुख आतिथ्यमा मनाइने त ल्हो ल्होछार कार्यक्रम भव्य तयारी भइरहेको सोंपाल समाज यूकेले जनाएको छ । ग्रिनफोर्ड कम्युनिटी हलमा हुने कार्यक्रममा नेपालबाट आउने राष्ट्रिय कलाकार र सोंपाल समाजका कलाकारहरुले प्रस्तुति दिने छन् ।
कार्यक्रममा उपस्थितका लागि चेलीबेटी, ज्वाइँ, भान्जाभान्जीहरुमा निमन्त्रणा गरिएको छ । अध्यक्ष गुरुङले सम्पूर्ण अग्रज सदस्यहरु, सदस्यहरु, युवाहरु, दाजुभाइ, दिदीबहिनीहरुलाई ल्होछार कार्यक्रममा सहभागी भएर भरपुर मनोरञ्जन लिन अनुरोध गर्नुभएको छ ।
प्रवेश निःशुल्क रहेको समेत जनाइएको छ । पिय पदार्थ ले रि भिमबहादुर गुरुङ र सेतीमाया गुरुङले प्रायोजन गर्नुभएको छ ।
बुद्धिस्ट कम्युनिटी सेन्टर यूके
बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले गुरुङ समुदायको महान् सांस्कृतिक र धार्मिक पर्व तमु ल्होछार २०२५ भव्य रूपमा मनाउने तयारी गरेको छ ।
मंगलबार, ३० डिसेम्बर २०२५, बिहान ७:३० देखि साँझ ५ बजेसम्म बीसीसी यूके सभाहलमा ल्होछार मनाउने तयारी भइरहेको जनाइएको छ ।
कार्यक्रमका संयोजक हितमान गुरुङका अनुसार, ‘तमु ल्होछार हाम्रो मौलिक परम्परा र आत्मिक संस्कृतिको प्रतीक हो । यस वर्षको उत्सवमा हामी सर्प वर्गलाई बिदा गरी घोडा वर्गलाई स्वागत गर्दैछौं, जसले गतिशीलता, साहस र नयाँ ऊर्जाको प्रतीक गर्दछ।’
ल्होछार पर्वमा सांग, आयु, छोक र ग्रहशान्ति पूजा, साथै आयु/दीर्घायु अभिषेक र धर्मदेशनाजस्ता धार्मिक कार्यक्रमहरू गरिने छन् । यी अनुष्ठानहरूले शरीर, मन र आत्माको शुद्धिकरण, ग्रहदोष निवारण र सकारात्मक ऊर्जाको प्रसारण गर्ने विश्वास गरिएको छ ।
कार्यक्रमको मुख्य आतिथ्य तुल्कु थुब्वाङ्गा तेन्जिङ रिन्पोचे (तुल्कु सुजन गुरुङ) रहनुहुनेछ । उहाँको विशेष धर्मदेशनाले सहभागीहरूमा शान्ति, ज्ञान र आध्यात्मिक प्रेरणा जगाउने अपेक्षा गरिएको छ । ग्रहशान्ति पूजामा सहभागी हुन सबैलाई बीसीसी यूकेको तर्फबाट विशेष आह्वान गरिएको छ।
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डन
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले तमु ल्होछरको अवसरमा आगामी २८ डिसेम्बर २०२५ आइतबार विशेष शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । संस्थाले सार्वजनिक गरेको निमन्त्रणाअनुसार कार्यक्रम लन्डनको एसियन कम्युनिटी सेन्टर, ह्वाइट हर्ट लेनमा बेलुकी ४ बजेदेखि राति ११० बजेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा तमु समुदायको पहिचान, संस्कृति तथा परम्परालाई उजागर गर्ने विविध प्रस्तुति र नेपालबाट आउने कलाकारहरुको पनि प्रस्तुति रहनेछ । नयाँ वर्ष त-ल्होका अवसरमा समुदायबीच शुभकामना आदान–प्रदान, भेला तथा सांस्कृतिक घाँटु प्रस्तुत गरिने संस्थाले जनाएको छ।
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित एमालेले दियो सर्वोच्चमा रिट, निर्वाचनका लागि आयोगमा दर्ताको निवेदन
ओशाकाको कार्यक्रमसंगै नेपथ्यको जापान यात्रा सम्पन्न
एनपिएलः ‘बलिङ’मा नेपाली र ‘ब्याटिङ’मा विदेशी खेलाडी चम्किए
विदेशमा रहेका नेपालीको भोटिङ राइट्स कार्यान्वयन गराउन सरकार लागिरहेको छ : मन्त्री घिसिङ
नेपाली महिला फुटबल कप्तान एन्जिला तुम्बापोलाई बेलायतमा सम्मान
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
नेपालको राजधानीमा एमालेको प्रदर्शन
नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको मताधिकारबारे मन्त्री घिसिङ र अधिवक्ता घिमिरेसँग आइतबार एनआरएनएको अन्तरक्रिया
बेलायतको पूर्व सांसदलाई जेल सजाय, रुसबाट घुस लिएको अभियोग