काठमाडौं, २९ जेठ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शैलजा आचार्यले गर्नुभएको निष्ठाको राजनीति सबैका लागि अनुकरणीय भएको बताउनुभएको छ ।
शैलजा आचार्य आदर्श समाजले शैलजा आचार्यको नवौं स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “आचार्य विद्रोही स्वभावको हुनुहुन्थ्यो, विद्रोही स्वभावका कारण विसं २०१७ मा राजा महेन्द्रलाई कालो झण्डा देखाउँदा जेल बस्नुभयो, उहाँको विद्रोही स्वभाव अन्तिम कालखण्डसम्म कायम रह्रयो ।”
अर्को प्रसङ्गमा उहाँले सिद्धान्त र संगठन भएको काँग्रेस सिद्धान्तले जिते पनि संगठनले हार्दा यो अवस्थामा आएको बताउँदै पार्टी सभापतिलाई गुटको नेताभन्दा सिंगो पार्टीको नेता हुन सुझाव दिनुभयो ।
वरिष्ठ नेता पौडेलले सरकारले दुई तिहाइको समर्थन जुटाउनु र सत्ता पक्षबाटै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको कुरा गर्नुले गम्भीर आशंका पैदा गरेको पनि बताउनुभयो ।
काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकार अधिनायकवादतर्फ अगाडि बढेको भन्दै उक्त कुरा रोक्न काँग्रेस दह्रो रुपमा उभिनुपर्ने बताउनुभयो । “बालकृष्ण ढुंगेललाई आम माफी दिनुले न्यायपालिका र कार्यपालिकाबीचको गठजोड त छैन भन्ने आशंका पैदा भएको छ”- उहाँले भन्नुभयो ।
समाजका अध्यक्ष दुर्गा घिमिरे, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी, पत्रकार पुरुषोत्तम दाहाललगायतले नेपालमा महिला अधिकार स्थापनाका लागि आचार्यले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।
विसं २००१ मा मोरङमा जन्मनुभएकी आचार्य २०४८-२०५१ सालमा मोरङबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । विस २०५३ मा उपप्रधानमन्त्रीसमेत बन्नुभएकी उहाँको विसं २०६७ मा काठमाडौँमा निधन भएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ