काठमाडौँ-प्रधानसेनापति राजेन्द्र क्षत्री भारतको छ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।
भारतीय सेनाका सेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणामा उनी बुधबार भारत प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ । उनलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।
भ्रमणमा रहँदा प्रधानसेनापति क्षत्रीले देहरादुनस्थित भारतीय सेनाको एकेडेमीमा सञ्चालित अधिकृत आधार तालीमको आयुक्त पद प्रदान कवाजको प्रमुख अवलोकन अधिकृतकारुपमा आतिथ्यता गर्नेछन् ।
भ्रमण अवधिभर प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भ्रमणको दौरान प्रधानसेनापति क्षत्रीले भारतका रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, वायु सेनाध्यक्ष, जल सेनाध्यक्षसहित अन्य उच्चपदस्थ अधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।
भ्रमण सम्पन्न गरी उनी यही जेठ २८ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा