
प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास(बिमस्टेक)का महासचिव सहिदुल इस्लामले बिहीबार बिहान बालुवाटारमा शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर सौजन्य– प्रधानमन्त्रीको निजी सचिवालय, रासस
काठमाडौँ, १७ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिमस्टेक) का महासचिव सहिदुल इस्लामले आज बिहान बालुवाटारमा शिष्टाचार भेट गर्नुभयो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले क्षेत्रीय स्तरका संगठनहरुलाई विकास र समृद्धिको माध्यम बनाउनु पर्नेमा जोड दिँदै बिमस्टेकका विगतका कामबाट पाठ सिकेर आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउनु पर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले बिमस्टेक सञ्चालनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नु उपयुक्त हुने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
केही समयभित्रै नेपालमा बिमस्टेकको सम्मेलन गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सम्मेलनबाट यस क्षेत्रका जनताका लागि फलदायी हुने कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले बिमस्टेक नतिजामुखी हुनुपर्नेमा जोड दिँदै भन्नुभयो, “हामी आर्थिक सामाजिक विकासमा द्रुतगतिमा दौडनु पर्छ । बिमस्टेक यस प्रक्रियाप्रति प्रतिबद्ध छ । ”
उहाँले बंगालको खाडी वरिपरिका मुलुक संगठनका सदस्य रहेकाले यस क्षेत्रमा पानी जहाज सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै एकअर्कामा सम्पर्क विस्तार गर्न थप सहज हुने बताउनुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
मोतीलाल सिंह मास्टर्स शोध छात्रवृत्ति सिर्जना गौतमलाई दिने सिएनएस यूकेको निर्णय
बेलायतमा नेपाली विद्यार्थीहरूलाई समुदायद्वारा थप सहयोग गर्न आह्वान
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
बेलायतमा म्याग्दी संगठनको वार्षिक कार्यक्रम ‘मोना शुभकामना साँझ २०८३’ भव्य रूपमा सम्पन्न