
नीति तथा कार्यक्रम सर्वसम्मत पारित
काठमाडौँ, १३ जेठ – प्रतिनिधिसभाबाट सरकारको आव २०७५-७६ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।
नीति तथा कार्यक्रममाथि छलफलमा उठेको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि उक्त प्रस्ताव निर्णयार्थ सभामा प्रस्तुत गरिएको थियो । यसअघि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र प्रतिपक्ष राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दर्ता भएको संशोधनका सूचना निर्णयार्थ प्रस्तुत गर्दा सभाको बहुमतले अस्वीकृत गरेको थियो । संघीय समाजवादी फोरम नेपालका चार सांसदले भने प्रधानमन्त्रीको स्पष्टीकरणपछि संशोधन फिर्ता लिएका थिए ।
यसअघि प्रधानमन्त्रीसँग सांसद भरतकुमार शाह, सञ्जयकुमार गौतम, रामसहायप्रसाद यादव, सरिता गिरी, अमरेशकुमार सिंह, डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडूलगायतले स्पष्टीकरण माग गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १५ गते सांझ ६.३० बजे बस्नेछ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- बेलायतमा कसरी बन्यो कोभिड–१९ बारे जानकारी दिने नेपाली भाषामा पर्चा ?
- आजदेखि बेलायत आइपुग्ने यात्रुले १० दिन होटल क्वारेन्टिनमा बस्न पर्ने
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने
- अस्ताए डा. चन्द्र लक्सम्बा