काठमाडौँ-निर्वाचन सम्पन्न भएको एक वर्ष बित्न लाग्दा पनि स्थानीय तहमा अझै कर्मचारी अपुग भएका छन् ।
स्थानीय तहमा करीब ५७ हजार कर्मचारी आवश्यक भएकामा अझै करीब सात हजार कर्मचारी अपुग भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह कर्मचारी शाखा प्रमुख प्रेमप्रसाद लुइँटेलले जानकारी दिए । उनका अनुसार २२० उपसचिव, ५२६ शाखा अधिकृत र छ हजार २०० नायब सुब्बा तहका कर्मचारी सात सय ५३ स्थानीय तहमा अपुग छन् ।
दुई सय २० उपसचिव नहुँदा नगरपालिका निमित्त प्रमुख प्रशासकीय प्रमुखका भरमा सञ्चालन भएको बताइएको छ ।
मन्त्रालयले अन्य मन्त्रालयबाट अपुग कर्मचारी माग गरे पनि नपठाइएपछि स्थानीय तहमा कर्मचारी पठाउन नसकेको हो । “हामीले विभिन्न मन्त्रालयबाट आएका कर्मचारीलाई दैनिकजसो पठाउने गरेका छौँ”, उपसचिव लुइँटेलले भने, “तर पनि ठूलो मात्रामा कर्मचारी अभाव रहेको छ ।”
करीब ५७ हजार कर्मचारी पठाउन सरकारले निर्णय गरेको थियो ।
लुइँटेलले लोक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट २५० र बढुवाबाट ८१ शाखा अधिकृत कर्मचारी आउने तयारी भइरहेकोसमेत जानकारी दिए । मन्त्रालयले यही आर्थिक वर्षभित्र सबै कर्मचारी पठाउने तयारी गरेको उनले बताए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते