लन्डन । नखिपोट ब्याडमिनटन संघ यूकेको अध्यक्षमा निर्मला थापा निर्वाचित भएकी छिन् ।
संघको शनिबार सम्पन्न साधारण सभाले थापाको अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्यसमिति चुनेको हो । समितिको उपाध्यक्षमा खेम लिम्बु, महासचिब कुलबहादुर राई, सचिव चन्द्र राना, कोषाध्यक्ष प्रेम शिरिस, सहायक कोषाध्यक्ष सूर्य लिम्बू, सञ्चार प्रतिनिधि मिलन चन्द्र राई, महिला प्रतिनिधि इन्द्र पुन, क्षेत्रिय प्रतिनिधिहरुमा निर्मल शिरिस, दुत गुरुङ, अमर सेश लावती, नेत्र गुरुङ र राजेन गुरुङ रहेका छन् ।
संघको साधारणसभाको प्रथम सत्र आस स्पोर्टस् सेन्टर सर्रेमा ब्याडमिण्टन खेलका साथ भएको थियो । बेलुकी भेटघाट रेस्टुरेन्टमा अध्यक्ष कृष्ण पुनको अध्यक्षतामा औपचारिक कार्यक्रम भएको थियो । उपाध्यक्ष प्रेम गुरुङको स्वागत मन्तब्य, महासचिव निर्मला थापा तथा कोषाध्यक्ष खेम लिम्बुबाट वर्षिक प्रगति विवरण प्रस्तुत गरिएको थियो । सभाका अध्यक्षले कार्यसमितिको पदावधि समाप्त भएको घोषणासहित सभालाई बिसर्जन गरेपछि निर्वाचन मण्डलका संयोजक नारायण कोन्मेको अध्यक्षतामा सदस्यहरु प्रेम गुरुङ, कृष्ण घोतानेको संयुक्त निर्वाचन मण्डलले नयाँ कार्यसमितिको चयन गरेको थियो ।
निर्वाचित सदस्यहरुलाई प्रमुख अतिथि श्रीमती रुक्मिणी पुन तथा निर्वाचन आयुक्त नारायण कोन्मेबाट खादाबाट बधाई ज्ञापन गरेका थिए भने निवर्तमान अध्यक्ष कृष्ण पुन र उपाध्यक्ष प्रेम गुरुङ्लाई संस्थाप्रति पुरयाएको योगदानको कदर गर्दै निर्वाचन मण्डलका सदस्य कृष्ण घोतानेबाट खादा लगाई दिएर शुभकामना तथा धन्यबाद ब्यक्त गरिएको थियो । अन्तमा बुझबुझारथको कार्य सकी निर्वाचन आयुक्तबाट सभा विसर्जन गरिएको थियो ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?