काठमाडौँ, २३ वैशाख – संघीय संरचनाअनुसार मुलुकमा संघ, प्रदेश र स्थानीय तहका सरकार गठन भइसकेको अवस्थामा संघीय संसद्का सांसदलाई निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि राज्यले अलग्गै बजेटको व्यवस्था गर्नु नहुने विज्ञहरुले जोड दिएका छन् ।
सांसदलाई रु १० करोड सम्म बजेट दिनुपर्ने माग भइरहेको सन्दर्भमा नेपाल सहभागीमूलक कार्य समूह (नेपान) ले आज यहाँ आयोजना गरेको ‘सांसदलाई रु १० करोड बजेट ‘ठीक कि बेठिक’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताले विगतमा सांसदहरुलाई दिइएको बजेट दुरुपयोग भएको र संघीय संरचनामा विभिन्न तहका सरकारबाटै विकास निर्माणका कार्यहरु हुने हुँदा सांसदहरुलाई छुट्टै बजेट दिनु अनुचित हुने तर्क राखे ।
सुशासनविद् डा कृष्णबाबु जोशीले सत्ताको दुरुपयोग गर्दै प्रभावशाली सांसदहरुले पञ्चायतकालदेखि विसं २०६२ सम्म नै विकासको नाममा सिधै बजेट लैजाने गरेको उल्लेख गर्नुभयो । गणतन्त्रमा सांसदको भूमिका कानून निर्माण गर्नु, राज्यले लगानी गरेका परियोजनाको अनुगमन, मूल्यांकन गर्नू र जनतालाई राज्यका सेवाहरु छिटोछरितो उपलब्ध गराउने भूमिका निर्वाह गर्नु हुनेभएकोमा विगतमा जस्तो सांसदलाई नै बजेट विनियोजन गर्नु उपयुक्त नहुने उहाँले धारणा राख्नुभयो ।
जनताले तिरेको कर जथाभावी खर्च गर्ने अधिकार कसैलाई पनि नहुने बताउँदै उहाँले राज्यको ढुकुटी कसरी बढाउने, जनतालाई कसरी सेवा सुविधा दिने र भ्रष्टाचारको अन्त्य गरी सुशासन र कानूनी राज्यको प्रत्याभूति दिलाउने भन्नेतर्फ नै सांसदहरुको भूमिका रहनुपर्ने डा जोशीले उल्लेख गर्नुभयो ।
कार्यक्रममा अर्का विज्ञ विष्णु पुरीले सांसदहरु अबको जिम्मेवारीबाट विचलित भई विकासका लागि बजेट माग्नु उचित नहुने बताउँदै सांसदलाई दिने बजेटबाट उद्योगधन्दा स्थापना गरी लाखौँ युवालाई रोजगारी दिन सकिने धारणा राख्नुभयो ।
उहाँले विगतमा सांसदलाई दिएको बजेट सदुपयोग नभएको सन्दर्भमा पुनः दिनु न्यायोचित र कानूनसम्मत नहुने उहाँको भनाइ थियो ।
संघीय संसद्का सांसदहरुबाटै विगतमा जस्तै निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि बजेट जानेबारे जनस्तरमा यस खालको बहस हुनु आवश्यक रहेको नेपानका अध्यक्ष चेतनाथ कणेंलले बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ