रुपन्देही, १६ वैशाख – अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन लुम्बिनीलाई एशियाको बृहत्तर तीर्थस्थलको परिपथका रुपमा स्थापना गर्न जोड दिँदै १० बुँदे घोषणापत्र जारी गरी आज समापन भएको छ ।
लुम्बिनीमा दुई दिनसम्म सञ्चालन भएको सम्मेलनले मानवजातिको अन्तरआस्था र शान्ति संवादका लागि अन्तर्राष्ट्रिय केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिएको छ । भारतको बोधगया, सारनाथ र कुशीनगर तथा श्रीलंका, म्यानमार, चीन, पाकिस्तान र बंगलादेशको बौद्ध सम्पदालाई प्रवर्धन गर्न घोषणापत्रमा जोड दिइएको छ ।
बौद्ध शिक्षाका लागि लुम्बिनीलाई विश्व केन्द्रका रुपमा विकास गर्न जोड दिँदै सम्मेलनले विश्व बौद्धमार्गी मञ्च स्थापना गरी बौद्ध परम्पराको सञ्जालका लागि शुभारम्भ गरिने जनाइएको छ । विश्व समुदायलाई बढ्दो हिंसा, असहिष्णुता र द्वन्द्व अन्त्यका लागि सम्बोधन गर्न आह्वान गर्दै सम्मेलनले दिगो विश्व शान्तिका निम्ति बुद्धको शिक्षालाई अवलम्वन गर्दै अन्तरआस्था, सहयोग र सदाचारलाई प्रवर्धन गर्दै रणनीति तर्जुमा गर्नमा जोड दिएको छ ।
लुम्बिनीलाई विश्व शान्तिको केन्द्रका रुपमा विकास गर्ने तथा धार्मिक र धर्मनिरपेक्ष नेतालाई एकै थलामा ल्याएर गरीबीबाट उन्मुक्ति दिलाउनका लागि नेपाल सरकार र संयुक्त राष्ट्रसंघको दृष्टिकोण अघि बढाउन सम्मेलनमा सहभागी बौद्ध विद्वान् सहमत भएका छन् ।
जापानका प्रा केन्जो टाँगेद्वारा तयार गरिएको लुम्बिनी गुरुयोजनालाई शान्ति र मानवताको विश्व केन्द्रका रुपमा सम्पन्न गर्नेमा समेत सम्मेलनले जोड दिएको छ ।
सम्मेलनमा २३ देशका बौद्ध धर्मगुरु, वरिष्ठ भिक्षु र बौद्ध विद्वानले बौद्ध धर्म, संस्कृति, साहित्य र दर्शनसम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत गरी छलफल भएको थियो । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले बौद्ध दर्शन संस्कृति र धर्म मात्रै नभई मानवजातिको समृद्धिको आधारस्तम्भ भएको उल्लेख गर्नुभयो ।
लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति शहरका रुपमा विकास गरिने

बुद्ध जन्मस्थल लुम्बिनीमा आइतबार आयोजित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बीर- युवराज पाण्डे, रुपन्देही, रासस
प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्ध धर्मको उद्गमस्थलका रुपमा विश्वसमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले त्यसका लागि अध्ययन, अनुसन्धान तथा विज्ञहरु सक्रियतापूर्वक बुद्ध दर्शन तथा बौद्ध साहित्यको प्रचारप्रसारमा लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा दुई दिनसम्म चलेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आज समापन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकारले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति शहरका रुपमा विकास गर्न चाहेको समेत बताउनुभयो ।
प्रधानमन्त्री ओलीले बुद्ध दर्शन तथा यसमा इच्छा, विश्वास तथा लगाव राख्ने सबै मानव जातिका लागि पवित्र पुण्यस्थल बनाउने बताउँदै विश्वलाई अँध्यारोबाट हटाउनका लागि बुद्ध र बुद्धको दर्शनले महत्वपूर्ण टेवा पुरयाएको समेत बताउनुभयो । यस क्षेत्रको समग्र विकासका लागि विश्व समुदायको सहयोग आवश्यक रहेको भन्दै उहाँले आउँदा दिनमा सबै क्षेत्रको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
लुम्बिनी गुरुयोजना समयमै पूरा गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै पुरातत्व क्षेत्रको उत्खनन र संरक्षणमा लाग्दै बृहत्तर लुम्बिनीलाई अगाडि बढाइने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले ‘आफ्नो नेतृत्वको सरकार समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई चरितार्थ गर्ने मुख्य उद्देश्यका साथ अगाडि बढेको समेत बताउनुभयो । यस्ता सम्मेलनले सरकारको प्रतिबद्धता अगाडि बढाउनका लागि प्रेरणा मिल्ने उल्लेख गर्दै उहाँले वैशाख पूर्णिमाका अवसरमा ज्ञान प्राप्ति तथा विश्वका अमर छोरा अत्यन्त शान्त आत्मामा सम्मिलित भएको स्मरण गर्नुभयो ।
उहाँले शान्त, सौहाद्र, समझदारी, संयमता र न्यायिक विश्वमा सँगसँगै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले सम्मेलनमा विश्व शान्तिका महान् देवदूतको स्मरण र सम्मान गर्दै नेपालले शान्तिपूर्वक राजनीतिक परिवर्तन गर्न सफल भएकोप्रति गर्वित हुनुपर्ने बताउनुभयो ।
शान्ति प्रक्रियामार्फत लोकतान्त्रिक प्रक्रियाबाट संविधान निर्माणजस्तो ऐतिहासिक कार्य सम्पन्न गर्न सफल भएको उल्लेख गर्दै उहाँले तीनै चरणको निर्वाचन सम्पन्न गरी मुलुक शान्ति र समृद्धिको बाटोमा अघि बढेको बताउनुभयो ।
इतिहासमा नै पहिलोपटक प्रजातान्त्रिक प्रक्रियाबाट शक्तिशाली सरकार निर्वाचित भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जनताले सरकारबाट सहज जीवनयापनको सपनालाई वास्तविकता पाउने सदिच्छा व्यक्त गरेको बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक