
पोखराको फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा डुङ्गाबाट जाँदै पर्यटक । तस्बिर – वासुदेव पौडेल, पोखरा, रासस
काठमाडौँ, १६ वैशाख – सर्वोच्च अदालतले पोखराको फेवातालमा अतिक्रमण गरिएकाबारे अध्ययन गर्न जाँचबुझ समिति गठन गर्न आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र सपना मल्ल प्रधानको संयुक्त इजलासले आज फेवातालमा अतिक्रमण गरिएकाबारे अध्ययन गर्न जाँचबुझ समिति गठन गर्न सरकारका नाममा आदेश दिएको सर्वोच्चका सहप्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आदेशमा पार्क भिलेज होटेलले फेवाताल अतिक्रमण गरेको छ कि छैन र होटलबाट निस्किएका फोहरले फेवाताललाई प्रदूषण गरेको छ कि छैन भनेर अध्ययन गर्न जाँचबुझ समिति गठन गर्न सरकारलाई भनिएको छ ।
जिल्ला मालपोत कार्यालय, जिल्ला नापी कार्यालय र वन तथा वातावरण मन्त्रालयको समिति गठन गर्न आदेशमा भनिएको छ ।
सोही आदेशमा फेवाताल अतिक्रमण गरिएका संरचनासमेत हटाउन भनिएको छ ।
सहप्रवक्ता कालाखेतीले समितिलाई यथाशीघ्र प्रतिवदेन बुझाउन समेत आग्रह गरिएको बताउनुभयो ।
विसं २०६८ असार २३ गते अधिवक्ता खगेन्द्र सुवेदीले पार्कभिलेज होटेलले फेवाताल अतिक्रमण गरी भवन बनाएको भन्दै उक्त होटेलको दर्ता खारेजीको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो ।
यस्तै फेवातालसम्बन्धी भगवती पहारीले दायर गरेको रिटमा न्यायाधीश मिश्र र मल्लको संयुक्त इजलासले आज सुनवाइ गर्दै फेवाताल क्षेत्रनजिक केवुलकार सञ्चालन नगर्न आदेश दिनुभएको छ ।
सर्वोच्चद्वारा खड्कालाई न्याय परिषद्मा काजमा
सर्वोच्च अदालतले काठमाडौँ जिल्ला न्यायाधीश चुरामन खड्कालाई न्याय परिषद्मा काजमा तानेको छ ।
सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपकराज जोशीको गत बिहीबारको एकल निर्णयले जिल्ला न्यायाधीश खड्कालाई परिषद्मा काजमा तानिएको सर्वोच्चका सहप्रवक्ता कालाखेतीले जानकारी गराउनुभयो ।
खड्काले दाङमा तत्कालीन जिल्ला न्यायाधीश हुँदा बागलुङकी नीरमाया पुनको बहुविवाह मुद्दाको फैसला गर्दा न्यायिक विचलन भएको हो कि होइन भन्नका लागि आवश्यक अध्ययनका लागि काठमाडौँ जिल्लाबाट परिषद्मा काजमा तानिएको हो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक