
रुकुम, १५ वैशाख – जिल्लाको सानीभेरी गाउँपालिकामा विवाह भइरहेको अवस्थामा दुलाहा दुलहीलाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिका वडा नं वडा नं ७ स्थित जैधुनेमा बाल विवाह गरिरहेका एक जोडीलाई प्रहरीले पक्राउ गरेको हो ।
बालविवाह गर्न लागेको सूचनाका आधारमा प्रहरीले दुलाहा दुलहीलाई विवाह मण्डपबाटै पक्राउ गरेको थियो । केटाकेटीबीच केही दिनअघि प्रेम विवाह भएको थियो । सानीभेरी गाउँपालिका वडा नं १० अर्माका १८ वर्षीय बालक र सानीभेरी वडा नं ७ जैधुनेकी १७ वर्षीया बालिकाबीच बालविवाह हुँदै गर्दा प्रहरीले पक्राउ गरेको सिम्ली प्रहरी चौकीका प्रमुख गगनसिंह ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार केटीका अभिभावक शिक्षक हुनुहुन्छ । शिक्षित परिवारबाटै यसरी बालविवाह हुनु दुखद भएको उहाँको भनाइ छ । माइती घरमा विवाह अन्तिम चरणमा पुग्दै गर्दा प्रहरी त्यहाँ पुगेको थियो ।
प्रहरीले दुलाहा दुलहीलाई पक्राउ गरेपछि विवाह रोकिएको छ । विवाह रोकी केटाकेटीलाई अभिभावकको जिम्मा लगाइने प्रहरीको भनाइ छ ।
अशिक्षितभन्दा शिक्षित परिवारबाटै बालविवाह हुने गरेको प्रहरीको भनाइ छ । सरकारले केटाकेटी दुवै २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह भनेको छ । बालविवाह भएका प्रकृति हेरी छ महिना वा एक वर्षसम्म कैद हुन सक्ने कानूनी व्यवस्था छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने