
बङगलादेशको राजधानी ढाकाबाट चारदेशीय यातायात सञ्चालनको परीक्षणका लागि बुधबार नेपालको काँकडभिट्टा आइपुगेका यात्रुवाहक बस । तस्बिर – चन्द्रकला भण्डारी, झापा, रासस
काठमाडौँ, १४ वैशाख – बंगलादेश, भारत र नेपालबीच पहिलोपटक परीक्षणका रुपमा बससेवा शुरु भएको छ ।
तीनदिनअघि बंगलादेशको राजधानी ढाकाबाट कोलाकाता हुँदै यात्रुबाहक बस पहिलोपटक नेपालको संघीय राजधानीमा आइपुगेको छ ।
उक्त बसका यात्रीका रुपमा तीनवटै मुलुकका सरकारी प्रतिनिधिमण्डल सम्मिलित थिए ।
बससेवा प्रारम्भसँगै भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्टे शाम्सले आज साँझ यहाँस्थित आफ्नै निवासमा एक स्वागत समारोह आयोजना गर्नुभयो ।
त्यसअवसरमा उहाँले बससेवा प्रारम्भ भएकामा प्रशन्नता प्रकट गर्दै त्यसले बंगलादेश, भारत र नेपालमा समृद्धिको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
‘तीनवटै मुलुकको पर्यटन, व्यापार–वाणिज्य र जनसम्पर्क विस्तारबाट हाम्रो आर्थिक प्रगति हुनेछ’- उहाँले भन्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते